बडीमालिका–रामारोशन बन संरक्षण क्षेत्र घोषणा
अछाम र बाजुराका चार पालिका जोडेर बडीमालिका–रामारोशन बन संरक्षण क्षेत्र घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्रलाई समेटिने गरि बडीमालिका–रामारोशन बन संरक्षण क्षेत्र घोषणा गर्नुभएको छ ।
बुधबार धनगढीमा एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश वन ऐन २०७७ को दफा २६ (१) बमोजिम बाजुरा जिल्लाको बडीमालिका क्षेत्र र अछाम जिल्लाको रामारोशन क्षेत्र समेटिने गरि बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरिएको हो ।
मुख्यमन्त्री शाहको अध्यक्षतामा साउन १९ गतेको बसेको मन्त्री परिषद्को बैठकले सो क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको वडा नं. ५, ६,७ र ८, बाजुरा जिल्लाकै त्रिवेणी नगरपालिकाको वडा नं. ५,६,७ र ९, अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नं. १ र २, तथा अछाम जिल्लाकै रामारोशन गाउँपालिकाको वडा नं. ४,५ र ६ सहितको जम्मा ४९८.४ वर्ग कि.मी. क्षेत्र समावेस गरिएको छ ।
दुर्लभ जडिबुटी र वन्यजन्तु पाइने यो क्षेत्र प्राकृतिक सम्पदा संरक्षणका लागि सुरक्षित बनाउनु पर्ने सुझाव विज्ञहरुले दिदै आएका थिए । मुख्यमन्त्री कार्यकालको अन्तिम दिन शाहले उक्त घोषणा गर्नु भएको हो ।
टीकापुर वचत सहकारीको स्थापना दिवसमा अस्पताललाई सहयोग
# वन / वातावरण
१२ फाल्गुण, २०८२
टीकापुर वचत तथा ऋण सहकारी संस्थाले स्थापनाको सत्रौं वार्षिकोत्सवका अवसरमा टीकापुर अस्पताललाई दुई वटा आराम बेञ्च र सरसफाइ सामग्रीहरु उपलब्ध गराएको छ
सत्ती कर्णाली वनको ३२औँ वार्षिक साधारणसभा
# वन / वातावरण
२९ मङ्सिर, २०८२
सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह टीकापुरको ३२ औँ वार्षिक साधारणसभा भएको छ । साधारणसभा १ करोड ८२ लाख ८९ हजार ९ सय ५७ रुपैया बराबरको आयव्यय






प्रतिकृया दिनुहोस