उपभोक्ता हित संरक्षण मञ्च टीकापुरको अध्यक्षमा विष्ट
उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुर नगर कार्यसमितिको अध्यक्षमा शेरबहादुर बिष्ट चयन हुनु भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुरको तेस्रो नगर भेलाले नयाँ कार्यसमिति छानेको छ ।
बिहिबार भएको उपभोक्ता भेलाले नगर समितिको अध्यक्षमा शेरबहादुर बिष्ट, उपाध्यक्षमा गीता चौधरी, सचिवमा ईश्वरबहादुर साउद र कोषाध्यक्षमा गौरी जोशी चयन हुनुभएको छ । समितिको सदस्यमा रतनलाल चौधरी, शान्ति काफ्ले र नरदिप ओड चुनिनुभएको छ ।
समितिका अध्यक्ष एकिन्द्र तिमिल्सेना प्रदेश समिति सचिव हुनुभएको र उपाध्यक्ष कृष्ण प्रसाद जैसी विद्यावारिधी अध्ययनका लागि काठमाडौं जानुभएपछि नेतृत्व परिवर्तन भएको हो । नयाँ अध्यक्ष विष्ट २०७६ सालदेखि नगर कार्यसमितिको सचिव हुनुहन्थ्यो । नयाँ निर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई निर्वाचन समितिका संयोजक भीमराम चपाईले धन्यवाद ज्ञापन गर्दै नागरिकको सरोकारका विषयहरुलाई उठान गर्न कुनै कमी नगर्न सुझाव दिनुभयो ।
नयाँ निर्वाचित अध्यक्षा शेरबहादुर विष्टले उपभोक्ताकाे चाहाना अनुसार नगरपालिकासँग साझेदारी गर्दै सकेको काम गर्ने प्रतिवद्धता जनाउनु भयाे ।
उपभोक्ता हित संरक्षण मञ्च सुदूरपश्चिमको दोस्रो अधिवेशन
# समाचार
२४ श्रावण, २०८३
उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशनले भोजराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको
टीकापुरमा फेरि चितुवाको आतंक
# समाचार
२० श्रावण, २०८३
टीकापुरमा फेरि चितुवाको आतंक शुरु भएको छ । चितुवाले साउन १७ गते राति टीकापुर नगरपालिका–१ शक्तिनगर २ नम्बर टोलमा खसी मारिदिएको छ भने १८ गते राति ३
रानी कुलो जल उपभोक्ता संस्थामा नयाँ नेतृत्व
# समाचार
१८ श्रावण, २०८३
रानी कुलो जल उपभोक्ता संस्थाको १९औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदका लागि भएको मतदानबाट बीरबहादुर खत्री निर्वाचित हुनु





प्रतिकृया दिनुहोस