• २६ असोज २०८३ सोमबार/ Monday 10-12-2026
  • स्टुडियो टाईम : ०४:३२

जनकल्याण सहकारीको नयाँ कार्यसमितिको पदस्थापन

जनकल्याण बचत तथा ऋण सहकारी संस्था टीकापुरको निर्वाचित कार्य समितिको सपथग्रहण तथा पदस्थापन भएको छ ।
सहकारीको १५ औं साधारण सभा तथा पाँचौं चुनावी साधारण सभाले मंगलबहादुर साउँदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा रंगा बुढा, सचिवमा तपेन्द्र स्वाँर, कोषाध्यक्षमा रजनी शाही, सदस्यमा सिर्जनाशर्मा पण्डित, रेवन्त साउँद र धनकृष्ण कोइरालाल पनि निर्विरोध निर्वाचित गरेको छ । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा काशीराम जैशी ढुंगाना, सदस्यामा मृदुला घिसीङ, जंगबहादुर चौधरी पनि निर्विरोध निर्वाचित हुनु भएको थियो । 
निर्वाचन उपसमितिका संयोजक रघुनाथ उपाध्यायले नव निर्वाचित कार्य समिति र लेखा सुपरिवेक्षण समितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । सपथ ग्रहण तथा पदस्थापनपछि बोल्दै नवनिर्वाचित अध्यक्ष मंगलबहादुर साउँदले सबैको सहकार्य र सुझाव सल्लाह अनुसार सहकारीका शेयर सदस्यलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मित्तव्ययी भएर काम गर्न शेयर सदस्यको सुझाव
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १५औं साधारण सभाले विभिन्न निर्णयहरू पारित गरेको छ । सभाा उपस्थित शेयर सदस्यहरुले मित्तव्ययी भएर काम गर्न शेयर सदस्यको सुझाव दिनुभएको छ ।

टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका कार्यक्षेत्र भएको जनकल्याणमा एक हजार ४२८ जना शेयर सदस्यका एक करोड ४३ लाख ७०५ रुपियाँ सेयर पूँजी रहेको छ । आठ करोड १२ लाख ५० हजार वचत सङ्कलन गरेको सहकारीले सात करोड ९० लाख रुपिया लगानी गरेको छ । सभाले चालू आर्थिक वर्षका लागि एक करोड ३३ लाख २५ हजार रुपियाँको अनुमानित आयव्य प्रस्ताव पारित गरेको छ ।
शनिबार भएको सभामा अध्यक्ष नृपराज भण्डारीले प्रस्तुत गर्नुभएको सञ्चालक समितिको प्रतिवेदन सहकारीको आर्थिक वर्ष २०८२÷८३ को लेखा परीक्षण प्रतिवेदन पारित भएको छ । सहकारीले शेयर सदस्यहरूलाई दुई प्रतिशित लाभांश वितरण गर्ने र संस्थाका आन्तरिक कार्यविधि परिमार्जन गर्ने निर्णय गरेको छ । सभामा लेखा सुपरीवेक्षण समिति संयोजक रजनी शाहीले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित भएको छ ।
सभाको उद्घाटन सत्रमा बोल्दै टीकापुर नगरपालिकाको आर्थिक विकास समितिका संयोजक यज्ञप्रसाद न्यौपानेले सहकारीले उद्देश्यपरक भएर ऋण लगानी गर्नुपर्ने, लगानी गरेको ऋण तिर्न नसक्ने सेयर धनीको धितो लिलाम गरेर ऋण असुली गर्नुपर्ने अवस्था आउन नहुने बताउनुभएको छ । चालू वर्षमा सबैभन्दा पहिले साधारण सभा गरेकोमा न्यौपानेले जनकल्याण सहकारीको प्रशंशा पनि गर्नुभयो । 
संस्थाका निवर्तमान अध्यक्ष बद्रीप्रसाद भट्टराईले आफू अध्यक्ष हुँदा संस्थाको चिया पनि नखाएको र उत्कृष्ट सहकारी भएको स्मरण गर्दै त्यही इज्जत जोगाउनुपर्ने र शेयर सदस्यहरुको चित्र बुझाउनुपर्ने बताउनुभयो । संस्थापक अध्यक्ष गणेशबहादुर साउदले पनि जनकल्याण सहकारीले १५ वर्षमा धेरै उपलब्धि हासिल गरेकोले उपलब्धि रक्षा गर्न सबै सेयर सदस्य सचेत रहनुपर्ने सुझाव दिनुभयो ।
सहकारीका अध्यक्ष नृपराज भण्डारीले सहकारी स्थापना हुँदाको सचिव भएर काम गरेको स्मरण गर्दै अध्यक्ष हुँदाको चार वर्ष बितेको पनि कतै नभएको बताउनुभयो । ३९ लाख भाका नागेको ऋण भएको सहकारीमा ६ लाख १६ हजार खुद मुनाफा भएको देखिएको छ । साधारण सभामा साधारण सभाको खर्च,  लेखापरीक्षण शुल्क, सञ्चालक समितिको भत्ता र भाका नाघेको ऋण असुलीमा ध्यान दिनुपर्ने सुझाव दिएको छ ।
सात जना सम्मानित
सहकारीको उद्घाटन सत्रमा विभिन्न क्षेत्रका सात जनालाई सम्मान गरिएको छ ।  सहकारीका उत्कृष्ट बचतकर्ता टीकापुर नगरपालिका वडा नम्बर ५ का इन्द्र विष्ट, टीकापुर वार्ड नं १ का चुनकानी थारु,  टीकापुर वार्ड नम्बर ९ का भोजराज ढुङ्गानालाई सम्मान गरिएको छ ।  यसैगरी उत्कृष्ट ऋणीका रुपमा जानकी गाउँपालिका वडा नम्बर २ का मानबहादुर थारु र टीकापुर नगरपालिका वार्ड नं २ का भजनदेवी बिकलाई सम्मान गरिएको छ ।
यसैगरी शेयर सदस्य ज्ञानबहादुर चौधरीका छोरा संयोग चौधरीलाई गत वर्षको एसइ परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने र स्रष्ट प्रसाद लम्सालका छोरा नितेश लम्साललाई कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याएकोमा  सम्मान गरिएको छ ।

प्रतिकृया दिनुहोस

तीन तहका सरकारबीच अझै समन्वय अभाव 

# समाचार

२३ असोज, २०८३

धनगढी / सङ्घीयता लागू भएको एक दशक भैसक्दा पनि तीन तहका सरकारबीच अझै समन्वयकै अभावमा रहेकोले  धेरै समस्या समाधान हुन नसकेको जनप्रतिनिधिहरुले

कैलालीको दुर्गौलीमा दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला शुरु

# समाचार

२२ असोज, २०८३

जानकी गाउँपालिकाको दुर्गौली बजारमा व्यापारिक सन्ध्याकालीन मेला–२०८३ शुरु भएको छ । दुर्गौली बजारको आयोजनामा शुरु भएको मेलालाई सुदुरपश्चिम

जानकीमा विपद पुर्व कार्यसंग सम्बन्धि मौलिक तथा लोक नृत्य प्रतियोगिता

# समाचार

१७ असोज, २०८३

जानकी गाउँपालिकाको धर्मापुरमा मौसम पुर्वानुमानमा आधारित विपद पुर्व कार्यसंग सम्बन्धि मौलिक तथा लोक नृत्य प्रतियोगिता भएको छ । विपद पुर्वतयारी

↑