• १९ असोज २०८३ सोमबार/ Monday 10-05-2026
  • स्टुडियो टाईम : ०४:१०

जानकीमा विपद पुर्व कार्यसंग सम्बन्धि मौलिक तथा लोक नृत्य प्रतियोगिता

जानकी गाउँपालिकाको धर्मापुरमा मौसम पुर्वानुमानमा आधारित विपद पुर्व कार्यसंग सम्बन्धि मौलिक तथा लोक नृत्य प्रतियोगिता भएको छ । विपद पुर्वतयारी सम्बन्धि मनोरञ्जनात्मक तरिकाबाट विपद सम्बन्धि सचेतना फैलाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको पालिकाले जनाएको छ । 
शुक्रबार भएको नृत्य प्रतियोगितामा विपद व्यवस्थापन, पुर्वतयारी, पुर्व सुचना, सुरक्षित स्थान सम्बन्धि गीत रचना गरेर विद्यार्थीले मौलिक नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा महेन्द्र शिशु मावि प्रथम, भृकुटी मावि सुवर्णपुर द्धितीय, जनता मावि कञ्चनपुर तृतीय र बालज्योति मावि सान्तवना भएका छन् । मौलिक नृत्य प्रतियोगितामा जानकी गाउँपालिका भित्रका ८ वटा विद्यालयका विद्यार्थी सहभागि थिए । 
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विपद्बाट जोगिन पुर्वानुमान सम्बन्धि सुचनाले राम्रो काम गरिरहेको, पुर्वतयारीमा लगानी गर्दा प्रतिकार्यमा लगानी गर्न नपर्ने बताउनुभयो ।
जानकी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष तथा वन वातावरण समितिका संयोजक तीर्थराज उपाध्यायले पूर्व सुचनाको वेवास्ता गर्दा ठुलो समस्या हुने भएकोले पुर्व सुचना लिन गर्न आग्रह गर्नु भयो ।
सुचनाको वेवास्ता गर्दा समस्या हुने भएकाले समयमा सुचना लिन र गाउँपालिकाको फेसबुक पेजमा गएर पनि सुचना लिन सकिने वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैशीले जानकारी दिनुभयो ।
महेन्द्र शिशु माविका प्रधानाध्यापक दिल्लीराज विष्टले स्वागत गर्नुभएको प्रतियोगिताको निर्णायकमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी, सहकारी पर्यटन उद्यम विकास शाखा प्रमुख सन्तलाल कठरिया र नृत्य प्रशिक्षक सञ्जिव कठरिया रहनु भएको थियो । 
प्रतियोगितामा प्रथम हुनेलाई रु ६ हजार ५ सय, द्धितीय हुनेलाई ५ हजार, तृतीय हुनेलाई रु ३ हजार ५ सय र सान्तोना हुनेलाई १ हजार ५ सय र प्रमाण पत्र प्रदान गरिएको छ । प्रमाण पत्र सहभागि सबै विद्यालयलाई प्रदान गरिएको छ । कार्यक्रम गाउँपालिकाको आयोजना विश्व खाद्य कार्यक्रम र सप्रोज नेपालको सहकार्य तथा सहयोगमा भएको हो । 
 

प्रतिकृया दिनुहोस

जनप्रकाश आधारभूत विद्यालय बाघमाराको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाइ 

# समाचार

१६ असोज, २०८३

टीकापुर ४ बाघमारास्थित जनप्रकाश आधारभूत विद्यालयको आर्थिक वर्ष २०८२÷८३ को सामाजिक परीक्षण प्रतिवेदन तथा सार्वजनिक सुनवाई कार्यक्रम भएको छ ।

शेयर सदस्यलाइ सहुलियत दिन नवजीवनद्वारा अस्पतालसँग सम्झौता

# समाचार

१४ असोज, २०८३

टीकापुर / नवजीवन सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरूको सहुलियतमा स्वास्थ्य सेवा दिन विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको छ टीकापुर क्षेत्रका

सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण

# समाचार

१४ असोज, २०८३

सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम टीकापुरमा शुरु भएको छ । चार दिने तालिममा टोल विकास संस्थाका २० देखि ३५ वर्ष

↑