• २४ असोज २०८३ शनिबार/ Saturday 10-10-2026
  • स्टुडियो टाईम : ०४:०४

तीन तहका सरकारबीच अझै समन्वय अभाव 

धनगढी / सङ्घीयता लागू भएको एक दशक भैसक्दा पनि तीन तहका सरकारबीच अझै समन्वयकै अभावमा रहेकोले  धेरै समस्या समाधान हुन नसकेको जनप्रतिनिधिहरुले बताएका छन् ।  कैलालीका स्थानीय तहको आ.व. २०८२/८३ को वार्पिक प्रगति समीक्षा कार्यक्रममा सहभागी प्रदेशसरकारका मन्त्रीहरुले यस्तो धारणा राखेका हुन् ।
जिल्ला समन्वय समिति कैलालीको आयोजनामा शुक्रबार धनगढीमा भएको कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री सन्तोष कुमारी शर्मा थापाले तीनै तहका सरकारबीच समन्वय हुन नसकेको भन्दै समन्वय भएमा जनताका साझा समस्या समाधान हुने र विकासले गति लिने बताउनुभयो । मन्त्री थापाले शिक्षा, स्वास्थ्य क्षेत्रमा राम्रो सुधार गर्ने स्थानीय तहसँग प्रदेश सरकारको विशेष समन्वय हुने बताउनुभयो । 
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री खुशीराम डगौरा थारूले पनि तीनै तहको सरकारको प्राथमिकता सुशासन, सहकार्य, सहअस्तित्व हुनुपर्नेमा जोड दिनुभयो । ‘सङ्घीयता कार्यान्वयनमा ऐन, कानुन र क्षेत्राधिकारले समस्या भयो’ मन्त्री थारूले भन्नुभयो, ‘प्रहरी चौकी, सिमा सुरक्षा पोष्टको अवस्था बेहाल छ प्रदेश सरकारले बनाइ दिदा खर्च बजेट बेरूजु आएको छ ।’ कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विकास निर्माण गर्दा शान्ति सुरक्षा र अपराध नियन्त्रणको विषय पनि ख्याल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री जानकीदेवी कुँवरले जिल्ला समन्वय समितिले प्रदेश सरकार र स्थानीयलाई जोडने कार्यक्रमले दूरी घटदै गएको बताउनुभयो । यस्तै उद्योग पर्यटन वन तथा वातावरण राज्मन्त्री इन्दीरा गिरीले तीनै तहले समन्वय गरेर काम गरे देशले छिटो प्रगति गर्ने र स्थानीय विशेषता अनुसारको विकास गर्नुपर्ने र विकास आयोजना सञ्चालन गर्दा प्राकृतिक सम्पदाको संरक्षण गरे मात्रै दिगो विकास हुने बताउनुभयो ।
कार्यक्रममा स्थानीय तहले आ.व. २०८२/८३ मा गरेका कामको प्रगति विवरण सुनाउदै असल कामहरुको विवरण पनि प्रस्तुत गरेका छन् । कैलालीका १३ वटा स्थानीय तह मध्ये लम्कीचुहा नगरपालिका प्रगति समिक्षा कार्यक्रममा सहभागी भएन भने धनगढी उपमहानगरपालिका, गौरिगङ्गा नगरपालिका र मोहन्याल गाउँपालिकाले तयारी नपुगेको भन्दै प्रगति पेश गरेनन् । 
प्रगति पेश गरेकाले स्थानीय तहहरुले वित्तीय समानिकरण अनुदान घटदो क्रममा रहेको, सङ्घबाट सञ्चालनमा आएका योजनाहरु समयमा नबनेको, स्थानीय तहले पठाएका संगठन सर्वेक्षण, भूउपयोग योजना जस्ता प्रदेशले पास गर्नुपर्ने विषयहरु अगाडि नबढेको, पालिकापालिकाबीच सिमा विवाद भएको, वनभित्रका तालहरुको स्वामित्वको विषय प्रष्ट नभएको, प्रदेश र पालिाहरुको बेरुजु बढ्दै गएको लगायतका कयौ  समस्या रहेको बताएका छन् । पालिका प्रमुखहरुका तर्फबाट जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले जनप्रतिनिधि र कर्मचारी मिलेर आवश्यक काम गर्नुपर्ने र भएको जनशक्ति, प्राकृतिक श्रोतको सदुपयोग गर्दै समृद्धि हासिल गर्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीका कुमारी चौधरी भुलले स्थानीय तहले गरेका असल अभ्यासलाई निरन्तरता दिदै अझै धेरै बाँकी कामहरु पूरा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्वागत उपप्रमुख खगराज भुषालले गर्नुभएको छ । विमलप्रकाश जोशीले सञ्चालन गर्नुभएको कार्यक्रममा समन्वय समितिका निमित्त समन्वय अधिकारी जनक ओखेडाले धन्यवाद ज्ञापन गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

कैलालीको दुर्गौलीमा दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला शुरु

# समाचार

२२ असोज, २०८३

जानकी गाउँपालिकाको दुर्गौली बजारमा व्यापारिक सन्ध्याकालीन मेला–२०८३ शुरु भएको छ । दुर्गौली बजारको आयोजनामा शुरु भएको मेलालाई सुदुरपश्चिम

जानकीमा विपद पुर्व कार्यसंग सम्बन्धि मौलिक तथा लोक नृत्य प्रतियोगिता

# समाचार

१७ असोज, २०८३

जानकी गाउँपालिकाको धर्मापुरमा मौसम पुर्वानुमानमा आधारित विपद पुर्व कार्यसंग सम्बन्धि मौलिक तथा लोक नृत्य प्रतियोगिता भएको छ । विपद पुर्वतयारी

जनप्रकाश आधारभूत विद्यालय बाघमाराको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाइ 

# समाचार

१६ असोज, २०८३

टीकापुर ४ बाघमारास्थित जनप्रकाश आधारभूत विद्यालयको आर्थिक वर्ष २०८२÷८३ को सामाजिक परीक्षण प्रतिवेदन तथा सार्वजनिक सुनवाई कार्यक्रम भएको छ ।

↑