• २९ असोज २०८३ बिहीबार/ Thursday 10-15-2026
  • स्टुडियो टाईम : ०४:३०

विश्व मानसिक स्वास्थ्य दिवस ः मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा जोड

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा टीकापुर नगरपालिकामा कार्यक्रम भएको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले टीकापुर नगरपालिका कार्यक्रम गरेको हो । 
कार्यक्रम सहजीकरण गर्दै विजयनगर शहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य अधिकृत उषा भुषालले मानसिक समस्याका बिरामी बढ्दै गएका बताउँदै विजयनगर शहरी स्वास्थ्य संस्थाबाट मानसिक स्वास्थ्य शिक्षा र उपचार सेवा दिने गरिएको बताउनुभयो । 
मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवद्र्धन एवं संरक्षण गराउन आवश्यक रहेको स्वास्थ्यकमीहरु बताउँछन् । मानिसले आफ्नो क्षमताको पहिचान गर्छ र दैनिक जीवनमा आउने तनावलाई त्यो क्षमताले व्यवस्थापन गरेर आफ्नो जीवनमा सकारात्मक किसिमको भूमिका निर्वाह गर्छ भने त्यो स्थिति नै मानसिक स्वास्थ्य ठीक भएको अवस्था हो ।
    मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वस्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तथा जनस्वास्थ्य अधिकृत बलबहादुर रावल समुदायमा मानसिक स्वास्थ्य समस्याबा बिरामी भए पनि अझैँ उपचारमा जान नसकेको अवस्था रहेकाले पालिकाले सिएमसी नेपाल नामक संस्थासँग सहकार्य गरेर मानसिक स्वास्थ्य उपचार सेवा दिने गरिएको बताउनुभयो । 
उहाँले पालिकाले पनि मानसिक स्वास्थ्यमा खासै लगानी गर्न नसकेको बताउनुभयो । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेशनलाई कम गर्न सकिने भएकाले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन उहाँको सुझाव छ । 
 

प्रतिकृया दिनुहोस

गर्भपतन सम्बन्धीका गलत धारणा चिर्नुपर्नेमा सरोकारवालाको जोड

# समाचार

२७ असोज, २०८३

दुर्गा देवकोटा/गर्भपतन सम्बन्धी समाजमा अभ्यासमा रहेका गलत धारणा र मूल्य मान्यताले महिलाको स्वास्थ्य जोखिममा परिरहेको यसमा चिन्ता ब्यक्त गरिएको छ ।

जनकल्याण सहकारीको नयाँ कार्यसमितिको पदस्थापन

# समाचार

२५ असोज, २०८३

जनकल्याण बचत तथा ऋण सहकारी संस्था टीकापुरको निर्वाचित कार्य समितिको सपथग्रहण तथा पदस्थापन भएको छ । सहकारीको १५ औं साधारण सभा तथा पाँचौं चुनावी

तीन तहका सरकारबीच अझै समन्वय अभाव 

# समाचार

२३ असोज, २०८३

धनगढी / सङ्घीयता लागू भएको एक दशक भैसक्दा पनि तीन तहका सरकारबीच अझै समन्वयकै अभावमा रहेकोले  धेरै समस्या समाधान हुन नसकेको जनप्रतिनिधिहरुले

↑