टीकापुर बालगृहका बालबालिकाको शैक्षिक प्रगति राम्रो
सीमाविहीन स्वयं सेवक संस्था र टीकापुर बालगृहको सामाजिक परीक्षण गरिएको छ । २५ जना बालबालिकाहरू आवासीय रूपमा पढिरहेका टीकापुर बालगृहका आधारभूत पूर्वाधार बनेका, बालबालिकाको सिकाइ उपलब्धी सुधार हुँदै गएको देखिएको छ ।
आफ्नै भवन पूर्वाधार भएको सीमाविहीन संस्थालाई एभीएसएफ इटालीले आर्थिक सहयोग गरिरहेको छ । बालगृहमा बस्ने बालबालिकाको उपलब्धि राम्रो हुँदै गएको, एलकेजीदेखि कक्षा तीनसम्म विद्यार्थीहरू प्रथम द्वितीय स्थानमा हासिल गरिराखेको, अतिरिक्त क्रियाकलापमा पनि प्रगति हुँदै गएको देखिएको छ ।
कर्णाली मावि टीकापुरका सहायक प्रधानाध्यापक शिक्षिका तारा साउदले बालगृहका बालबालिकाहरु अन्य बालबालिका भन्दा अनुशासासित, आज्ञाकारी र पढाइमा राम्रो देखिएको बताउनुभयो ।
सामाजिक परीक्षक एकिन्द्र तिमिल्सेनाले गर्नु भएको प्रतिवेदन प्रस्तुत गर्दै बालगृहका प्रगति र कमजोर पक्षको विवरण प्रस्तुत गर्नुभयो । विवरण अनुसार बालगृहका बालबालिकाका लागि ३ लाख २४ हजार ७६६ रुपियाँको अक्षय कोष तयार भएको छ । विद्यार्थीहरूको व्यवस्थित रेकर्ड राखी स्वास्थ्य जाँच, आँखा जाँच तथा स्वास्थ्य उपचार भइरहेको छ । संस्थामा प्रशासनिक सुधार भइरहेको एक वर्षमा बसेका दश वटा बैठकका सबै निर्णयहरू कार्यान्वयन भएको, वार्षिक ४५ लाख ३८ रुपियाँको आयव्यय पारित गरेको छ । आ.व. २०८२/८३ मा ३६ लाख ५६ हजार २०० को लेखापरीक्षण भएको छ ।
बालगृहमा उज्यालोको लागि ब्याट्री इन्भर्टर नभएको, प्रिन्टर फ्रिज नभएको, झ्यालढोका मर्मत गर्नुपर्ने अवस्था रहेको देखिएको छ भने संस्थाको विधान संशोधन आयस्रोत वृद्धि हुने काम खासै नभएको र अन्य सरकारी निकायसँगको समन्वयको काममा खासै प्रगति देखिएको छैन ।
सामाजिक परीक्षण कार्यक्रममा टीकापुर नगरपालिका वार्ड नं १ का वडाध्यक्ष मोहन विकले अघिल्लो सामाजिक परीक्षणमा अत्यावश्यक भनिएको भान्सा घरका लागि बजेट विनियोजन गरी भएकोमा खुसी लागेको बताउनुभयो । बालगृह सञ्चालनका लागि आवश्यक मापदण्ड बनाउन सुझाव दिनुभयो । वडाध्यक्ष विकले बालगृहका अत्यावश्यक काम गर्न संस्थागत रुपमा प्रस्ताव आएमा नगरपालिकाबाट सहयोग हुनसक्ने बताउनुभयो ।
महिला बालबालिका शाखा प्रमुख संगीता शाहले हिंसामा परेका र उद्धार गर्नुपरेका बालबालिकाहरूलाई छोटो अवधिको लागि बालगृहले आवास दिएकोमा धन्यवाद दिनुभयो। छात्र छात्रा एउटै बालगृहमा रहेकाले कुनै समस्या आउन नदिन चनाखो हुुनुपर्ने बताउनुभयो ।
संस्थाका कार्यवाहक अध्यक्ष बालकृष्णी चौधरीले घरमै बालिकाहरू सुरक्षित नभएको अवस्थामा बालगृहमा रहेका बालिकाहरू पनि जोखिम बाट जोगाउन बालगृहका कर्मचारीहरूले विद्यालय आउजाउ गर्दा र बालगृहमा बसिरहेको अवस्थामा सुरक्षा दिनुपर्ने बताउनुभयो । उहाँले कार्यसमितिका सदस्यहरूलाई पनि अभिभावकीय भूमिकामा रहन अनुरोध गर्नुभयो। बालगृहका निर्देशक जनकबहादुर महरले बालगृहमा बसेका बालबालिकाको पढाइको गुणस्तर र आवासको गुणस्तर दुवै आवश्यक भएकोले अत्यावश्यक वस्तु पूरा गर्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोगका लागि अपिल गर्नुभयो ।
टीकापुर आँखा अस्पतालका इन्चार्ज कमल साउदले धेरै बालबालिकाको भविष्य सुनिश्चित गरेकोमा धन्यवाद दिनुभयो । संस्थाको ३६ लाख ५६ हजारको सम्पत्ति रहेको छ भने १२९ जना समुदायमा रहेका विपन्न बालबालिकाहरूलाई पोशाक स्टेसरी लगायतका सहयोगका कार्यक्रमहरू रहेको छ । संस्थाका ६४ जना सदस्य छन् ।
भेरी साहित्य समाज कैलाली शाखा अध्यक्षमा भण्डारी चयन
# समाज
५ असोज, २०८३
टीकापुर/ भेरी साहित्य समाज कैलाली जिल्ला शाखाको दोस्रो अधिवेशनले दुर्गाप्रसाद भण्डारीलाई अध्यक्ष चयन गरेको छ । आइतबार टीकापुरमा सम्पन्न
शिक्षा स्वास्थ्यमा ठूलो लगानी भएपनि बालविवाह नियन्त्रण चुनौतीपूर्ण
# समाज
२१ भदौ, २०८३
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बालबालिकाको शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गरे पनि बालमैत्री पालिका बनाउन पूरा गर्नुपर्ने सूचकहरु पूरा
वीपीको सिद्धान्त पालना गरे देशको दुर्दशा नहुने वक्ताहरुको जोड
# समाज
७ श्रावण, २०८३
वीपी विचार क्षेत्रीय समाज कैलाली क्षेत्र नं १ ले समाजवादी नेता तथा नेपाली काँगे्रसबाट पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४४औं स्मृति





प्रतिकृया दिनुहोस