कमाइ घर पुग्यो कमाउन गएको मान्छेको पत्तो छैन
एकिन्द्र तिमिल्सेना
टीकापुर / टीकापुरबाट रसुवास्थित जलविद्युत आयोजनामा श्रम गर्न गएर बाढीमा वेपत्ता भएका श्रमिकहरुको पारिश्रमिक आएको छ ।
आयोजनाको लागि कामदार आपूर्तिकर्ता तुलाराम चौधरीले निर्माण कम्पनीबाट कामदारले श्रम गरेको अवधिको पारिश्रमिक ल्याएर आइतबार टीकापुरमा रहेका श्रमिकका परिवारलाई वितरण गर्नुभएको छ । पारिश्रमिक वातको पैसा लिन बोलाए पनि बाढीमा बेपत्ता भएका श्रमिकका परिवार मलिन अनुहार र आफ्न्तको खबर सुन्न आतुर भएर टीकापुर नगरपालिका–१ समितिपुर पुगेका छन् ।
टीकापुर नगरपालिका–५ बाट वेपत्ता हुनभएका ठगराम चौधरीका छोरा कमल चौधरी बुबाको सासको आशा मरेको तर लास भएपनि छिटै पाउने प्रतिक्षामा रहेको बताउनुभयो । २० महिना अघि दक्षिण कोरिया जानुभएएका कमल बुबा भोटेकोशीको बाढीमा परेर वेपत्ता भएको खबर सुनेपछि नेपाल फर्किनु भएको छ । ‘हरेक दिन सव फेला परेको सुन्दा मेरो बुबा पनि त्यसैमा हुनुहुन्छ कि जस्तो लाग्छ’ कमल भन्नुहुन्छ, ‘पाँच जनाको दुई लाख १४ हजार हजार ४८७ रुपियाँ पारिश्रमिक लेखिएको सयुक्त चेक पाएको छु तर मेरो ध्यान मेरै बुबाको खबर कतिबेला आउछ भन्नेमा छ यसको जवाफ पाइरहेको छैन ।’
टीकापुर नगरपालिका–शक्तिनगरका दिलबहादुर चौधरीकी श्रीमती यशोदा चौधरी पनि श्रीमान् बेपत्ता भएको पीडामा हुनुहुन्छ । ‘असार ३० गते रसुवा जानु भएका दिलबहादुरको डेढ महिनाको ज्याला भनेर ६० हजार जति पाएकी छु,’ यशोदा भन्नुहुन्छ, ‘अहिले ज्यालाको भन्दा पनि हाम्रा मान्छेको खबर पाउन आतुर छौं । ’ यस्तै कमैयाँ शिविरका दीपक चौधरीकी श्रीमती मीना चौधरी पनि श्रीमान्को खबर नपाउँदा अरु पाउने नपाउने कुरा नसकेको बताउनुहुन्छ ।
पोखरा छिङहवा कन्सट्रक्सनले यहाँका ४७ जना कामदारहरुले काम गरेको अवधिको १८ लाख ७६ हजार ५७३ रुपियाँ आफ्नो खातामा हालिदिएपछि तिनका परिवारलाई बुझाउन आएको कामदार आपूर्तिकर्ता तुलाराम चौधरीले बताउनुभयो । यसरी ज्याला पाउनेमा १४ जना बाढीग्रस्त क्षेत्रबाट फर्केर आएका कामदार छन भने ३३ जना वेपत्ता श्रमिकका परिवार छन् । वेपत्ता भएकामा २५ जना टीकापुर नगरपालिका, चार जना जानकी गाउँपालिका र चार जना बर्दियाको गेरुवा गाउँपालिकाका कामदार छन् । ‘अहिले काम गरेका अवधिको निर्माण कम्पनीले दिएको तलव हो ’ तुलाराम भन्नुहुन्छ, ‘कामदारको बीमा वापतको रकमबारे कुरा भैरहेको छ ।’ भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर यहाँका युवाहरु बेपत्ता भएका छन् । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बिकको रोहवरमा पारिश्रमिक वितरण गरिएको छ ।
भारी वर्षाको पूर्वानुमानले चिन्ता र पूर्व तयारी
# समाचार
६ असोज, २०८३
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित
चिनियाँ दूतावासद्वारा महुन्याल मावि भजनीलाई शैक्षिक सामग्री सहयोग
# समाचार
१५ भदौ, २०८३
नेपालस्थित चिनियाँ दूतावासले कैलाली र कञ्चनपुरका दुई संस्थालाई सहयोग गरेको छ । दूतावासको ‘उज्यालो भविष्य’ कार्यक्रम अन्तरगत भजनीसिथ्त महुन्याल
भानु पुस्तकालय सत्तीले १९ औं राष्ट्रिय पुस्तकालय दिवस मनायो
# समाचार
१५ भदौ, २०८३
१९ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीले प्रभात फेरी गरेको छ । “बाल, युवा र बृद्ध पुस्तकालय सबैको





प्रतिकृया दिनुहोस