भारी वर्षाको पूर्वानुमानले चिन्ता र पूर्व तयारी
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
उत्तर अन्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपास रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै डिप डिप्रसन (बलियो न्यून चापीय क्षेत्र) भइ पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ । यसको प्रभावले बुधबारबाट कोशी, मधेश, बागमती प्रदेशका विभिन्न स्थानमा वर्षा शुरु भैसकेको छ । यो विस्तारै पश्चिमतिर सरिरहेको छ ।
मौसमविद् अनिशा निरौलाले हाल बङ्गालको खाडीमा न्यून चापीय प्रणाली अझै बलियो बन्दै पश्चिम–उत्तर पश्चिमतर्फ सर्दै गएको बताउनुभयो । यो प्रणाली असोज ७ गते बेलुका दक्षिण ओडिसा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने सम्भावना छ ।
नेपालमा किन हुँदैछ भारी वर्षा
त्रिभुवन विश्वविद्यालय जत तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेरले भारतको उत्तरपश्चिमी क्षेत्र पञ्जाव, हरियाणा, राजस्थान र दिल्लीसम्म मनसुन सकिएकाका त्यहाँबाट सुख्खा हावा आउने अवस्था बनेको छ । बंगालको खाडीबाट आउन न्यूनचापीय प्रणालीलाई उक्त सुख्खा हावाले रोक्ने भएकाले प्रणाली नेपालतर्फ आउने र त्यसका कारण विहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने संभावना रहेको छ ।
पोखरेलले मौसमका विभिन्न मोडलहरुको अध्ययन गर्दा यस्तो अवस्था देखिएको र केही मोडेलमा ४०० मिलिमिटर मिलिमिटरभन्दा बढी वर्षा हुने देखिएको छ भने अधिकतम ७४१ मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिमका हिमाली जिल्लाहरु बझाङ, बाजुरा, कर्णाली प्रदेशका हुम्ला, मुगुमा अत्याधिक वर्षा हुने सूचना सार्वजनिक गरेपछि तराइका जिल्ला कैलाली र बर्दियामा दवाव परेको छ । यसले यहाँका स्थानीय तह र नदी तटका बासिन्दालाई चिन्ता बढाएको छ भने पूर्व तयारीमा पनि लागेका छन् ।
यहाँबाट बगेर आउने कर्णाली नदी किनारका तराईका पालिकाहरु टीकापुर नगरपालिका, राजापुर नगरपालिका, जानकी गाउँपालिका र गेरुवा गाउँपालिकामा दवाव परेको हो । विभागका अनुसार पहाडी जिल्लाहरु बैतडी डोटी, अछाम, जुम्ला, कालिकोट, जाजरकोट, सुर्खेत, दैलेखमा पनि वर्षा हुनेछ भने सुर्खेत र दैलेखका थोरै स्थानमा भारी वर्षा हुने अनुमान पनि छ । पूर्वानुमान अनुसारनै वर्षा भएमा यी सबै क्षेत्रको वर्षाले कर्णाली नदीमा ठूलो भार बढनेछ । यसको असर तल्लो तटीय क्षेत्रका टीकापुर नगरपालिका, जानकी गाउँपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा देखिनेछ । यसअघि कर्णाली चिसापानीमा बाढीको तह १० मिटर ८० सेन्टिमिटर पुग्नुलाई खतराको तह मान्ने गरिएको छ । यसवर्ष बाढीको तह अधिकतम ८ मिटर ९४ सेन्टिमिटर पुगेको छ । असोज ७ गते बाढीको तह छ मिटर भन्दा तल छ ।
भारी वर्षाको पूर्वानुमान भएपछि जोखिमको आंकलन र पूर्व तयारी शुरु भएको छ । रानी जमरा कुलरिया सिचाई आयोजनाका डिभिजनल इन्जिनियर सुरज श्रेष्ठ जानकी गाउँपालिका–६ को धनुवाफाँटा, टीकापुर नगरपालिका–५ स्थित पार्कदेखि २०० मिटर उत्तरतर्फ र टीकापुर नगरपालिका–८ स्थित सत्ती कर्णाली सामुदायिक वनमा कर्णाली नदीबाट खतरा देखिएको बताउनुहुन्छ । ‘पूर्व तयारीका लागि वर्षा शुरुभएपछि आयोजनाको इन्टेक पूरै बन्द गर्ने योजना छ’ श्रेष्ठले भन्नुभयो, ‘धनुवाफाँटामा पनि तटवन्ध भएकाले ओभरफ्लो हुन सक्छ, पार्क नजिक अबको दुई दिनमा ठूला ढुङ्गा हालेर सुरक्षित बनाउने कोशीश गरिरहेको छौ, सत्ती वन क्षेत्रको खतरा बारे केही गर्न सकिदैन ।’ सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा आयोजनाले कटान सुरक्षाका लागि तटबन्धको ठेक्का लगाएपनि लामो समय काम नहुँदा सत्ती कर्णाली वनको ५० हेक्टर क्षेत्र बगिसकेको छ । आयोजनाले पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लगाइ सकेको छ तर काम शुरु भएको छैन ।
पालिकाहरुको तयारी
टीकापुर नगरपालिकाका विपद सम्पर्क व्यक्ति निर्मला चौधरी सत्ती क्षेत्रबाट बाढी पसे टीकापुर–८ पूरै प्रभावित हुने बताउनुहुन्छ । टीकापुर–८ का पुदालटोल र तोलीगाऊँमा अहिले नै कटान भैरहेकाले पुदालटोलमा बोरामा माटो भरेर भएपनि जोखिम घटाउन लागिएको चौधरी बताउहुन्छ । यसका लागि ती क्षेत्रका समुदाय, समितिलाई अलर्ट गरिएको र थप सहयोगका लागि जिल्ला विपद व्यवस्थापन समिति, टीकापुर नगरकार्यपालिका, रानी जमरा कुलरिया सिचाई आयोजना, सरोकारवाला सबैलाई जानकारी गराइएको बताउनुहुन्छ ।
गेरुवा गाउँपालिका विपद सम्पर्क व्यक्ति कृष्ण सोडारीले जोखिमपूर्ण समुदाय र वडा विपत व्यवस्थापन समितिका पदाधिकारीलाई अलर्ट गरिसकिएको र जल तथा मौसम विज्ञान विभागका सूचना प्रवाह गरिरहेको बताउनुहन्छ । यसअघि गेरुवा गाउँपालिका–२ राजीपुरमा धेरै जोखिम हुने गरेकोमा त्यहाँ तटवन्ध बनिसकेको छ सोडारीले भन्नुभयो, पालिकाभित्रैका खोला, कुला भरिएर घरबस्तीमा पानी पस्ने समस्या आए पनि कर्णालीमा आउने सामान्य बाढीबाट खतरा नहुने बताउनुहुन्छ ।
राजापुर नगरपालिकाका विपद सम्पर्क व्यक्ति खुशीराम थारुले राजापुर नगरपालिका अहिल्यै जोखिमको आंकलन नभए पनि विभागको पूर्वानुमान अनुसारको वर्षा भएमा राजापुर नगरपालिकामा पनि बाढीको जोखिम हुन सक्ने भएकाले सबैलाई सचेत गराउँदै तयारीमा बस्नुपर्ने अवस्था आएको बताउनुहुन्छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमालबाटै शुरु भएको कर्णाली नदीमा पहाडबाट ढुङ्गा माटो बगाएर ल्याउने र तराई पुगेपछि थुप्रिएर धार परिवर्तन गर्ने र नदीको बिचमा टापु बनाउने गरेको छ । नदी बिचमा टापु बन्दा नदी मोडिने र किनारमा कटान गर्ने गरिरहेको छ । सुदूरपश्चिम र लुम्विनी प्रदेशका स्थानीय सरकार र प्रदेश सरकारले यस्ता टापु वर्षेनी सफाइ गनुपर्ने भएकाले वन र निकुञ्ज ऐन संशोधनका लागि सङ्घीय सरकारलाई पठाए पनि ऐनहरु संशोधन हुन सकेका छैनन् ।
कमाइ घर पुग्यो कमाउन गएको मान्छेको पत्तो छैन
# समाचार
५ असोज, २०८३
एकिन्द्र तिमिल्सेना टीकापुर / टीकापुरबाट रसुवास्थित जलविद्युत आयोजनामा श्रम गर्न गएर बाढीमा वेपत्ता भएका श्रमिकहरुको पारिश्रमिक आएको छ
चिनियाँ दूतावासद्वारा महुन्याल मावि भजनीलाई शैक्षिक सामग्री सहयोग
# समाचार
१५ भदौ, २०८३
नेपालस्थित चिनियाँ दूतावासले कैलाली र कञ्चनपुरका दुई संस्थालाई सहयोग गरेको छ । दूतावासको ‘उज्यालो भविष्य’ कार्यक्रम अन्तरगत भजनीसिथ्त महुन्याल
भानु पुस्तकालय सत्तीले १९ औं राष्ट्रिय पुस्तकालय दिवस मनायो
# समाचार
१५ भदौ, २०८३
१९ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीले प्रभात फेरी गरेको छ । “बाल, युवा र बृद्ध पुस्तकालय सबैको





प्रतिकृया दिनुहोस