• ९ असोज २०८३ शुक्रबार/ Friday 9-25-2026
  • स्टुडियो टाईम : १२:३८

भेरी साहित्य समाज कैलाली शाखा अध्यक्षमा भण्डारी चयन

टीकापुर/ भेरी साहित्य समाज कैलाली जिल्ला शाखाको दोस्रो अधिवेशनले दुर्गाप्रसाद भण्डारीलाई अध्यक्ष चयन गरेको छ । आइतबार टीकापुरमा सम्पन्न अधिवेशनले दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  समितिको उपाध्यक्ष कान्तिप्रसाद ज्ञवाली, सचिव गौरी कुमारी जैसी, सहसचिव कमल प्रसाद भाट र कोषाध्यक्ष नैनसिँह ओड रहनु भएको छ। यसैगरी सदस्यहरुमा अमित कुमार चौधरी, मनिराम सुनार, शान्ति काफ्ले र रमेश वादी रहनुभएको छ।  नवनिर्वाचित कार्यसमितिलाई सँस्थाका केन्द्रीय सल्लाहकार सदस्य एवं अध्यक्ष मण्डलका संयोजक डा. हरिप्रसाद तिमिल्सेनाले सपथग्रहण गराउनु भएको थियो।

अधिवेशनको उद्घाटनमा प्रमुख अतिथि रहनुभएका पूर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई, विशिष्ट अतिथिहरु भेरी साहित्य समाजमा केन्द्रीय सल्लाहकार संयोजक डा. हरिप्रसाद तिमिल्सेना, केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेत, टीकापुर नागरिक समाजका अध्यक्ष भीमराम चपाईले शुभकामना व्यक्त गर्नुभएको थियो। यसैगरी अतिथिहरुमा भेरी साहित्य समाजका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम संयोजक हेमन्तराज माण्डव्य, आर्य समाजका केन्द्रीय उपाध्यक्ष टीकाराम आर्य, टीकापुर प्राज्ञिक समाजका अध्यक्ष खगेन्द्र प्रसाद उपाध्याय, सुदूरपश्चिम साहित्य समाज कला प्रतिष्ठानका अध्यक्ष देवानन्द रिमाल, देवकोटा साहित्य समाजका अध्यक्ष बलबहादुर रावल, टीकापुर सामुदायिक पुस्तकालयका सहसचिव अमितकुमार चौधरी, गौरी कुमारी जैसी, संविधान भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। वक्ताहरुले पछिल्लो समय साहित्यिक गितिविधि सुस्ताउदै गएकोमा चिन्ता व्यक्त गर्दै संस्थाहरु सक्रीय हुनुपर्नेमा जोड दिनुभएको छ ।

स्रष्टाहरु नरबहादुर थापा, कमलप्रसाद भाट, नैनसिँह ओड लगायतले रचना प्रस्तुत गर्नुभएको थियो। सो समारोहमा संस्थाको आजीवन सदस्यता लिनुभएका सदस्यहरुलाई आजीवन सदस्यता समेत प्रदान गरिएको थियो। समाजका कैलाली शाखा अध्यक्ष डा. चक्रप्रसाद अधिकारीले सांगठनिक प्रतिवेदन प्रस्तुत सहित कार्यक्रमको अध्यक्षतामा गर्नुभएको थियो। उक्त कार्यक्रमको सञ्चालन सचिव दुर्गाप्रसाद भण्डारी र स्वागत मन्तव्य उपाध्यक्ष कान्तिप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

टीकापुर बालगृहका बालबालिकाको शैक्षिक प्रगति राम्रो

# समाज

४ असोज, २०८३

सीमाविहीन स्वयं सेवक संस्था र टीकापुर बालगृहको सामाजिक परीक्षण गरिएको छ । २५ जना बालबालिकाहरू आवासीय रूपमा पढिरहेका टीकापुर बालगृहका आधारभूत

शिक्षा स्वास्थ्यमा ठूलो लगानी भएपनि बालविवाह नियन्त्रण चुनौतीपूर्ण

# समाज

२१ भदौ, २०८३

भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बालबालिकाको शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गरे पनि बालमैत्री पालिका बनाउन पूरा गर्नुपर्ने सूचकहरु पूरा

वीपीको सिद्धान्त पालना गरे देशको दुर्दशा नहुने वक्ताहरुको जोड

# समाज

७ श्रावण, २०८३

वीपी विचार क्षेत्रीय समाज कैलाली क्षेत्र नं १ ले समाजवादी नेता तथा नेपाली काँगे्रसबाट पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४४औं स्मृति

↑