वीपीको सिद्धान्त पालना गरे देशको दुर्दशा नहुने वक्ताहरुको जोड
वीपी विचार क्षेत्रीय समाज कैलाली क्षेत्र नं १ ले समाजवादी नेता तथा नेपाली काँगे्रसबाट पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४४औं स्मृति दिवसमा सालिक अनावरण गर्दै विचार गोष्ठी आयोजना गरेको छ ।
समाजले टीकापुर नगरपालिका वडा नं १ चार चौतारी हुदै वीरेन्द्र विद्या मन्दिर स्कुल जाने बाटोस्थित वीपी चौकमा निर्माण गरेको वीपी कोइरालाको अद्र्धकदको सालिकको समाजका केन्द्रीय सभापति विनयध्वज चन्दले अनावरण गर्नुभयो । वीपी विचार क्षेत्रीय समाजका कोषाध्यक्ष गणेशबहादुर खडकाले वीपीको सालिक बनाउन ६२ जनाले चार लाख ५६ हजार ४३० रुपियाँ सहयोग गरेको र त्यस मध्ये ३ लाख ५७ हजार १०५ खर्च भई बाँकी कुमारी बैकको खातामा रहेको बताउनुभयो ।
सालिक अनावरणपछि आयोजित विचार गोष्ठीमा वक्ताहरुले वीपीको समाजवादी चिन्तन अहिले पनि सान्दर्भिक रहेको तर काँगे्रसकै नेताहरु विचारबाट स्खलित भएकाले देशको दुर्दशा भएको बताएका छन् ।
नेता विनयध्वज चन्दले २०४६ सालमै वामपन्थसँग कार्यगत एकता गर्नु र पछि निर्वाचन र सत्ता साझेदारी गर्नु गलत भएको बताउदै अहिले बनेका दुईथरी काँगे्रसलाई मिलाउन पनि कठीन देखिएको बताउनुभयो । यसअघि वक्ताहरुले काँगे्रसलाई एकीकृत गर्न वीपी विचार समाजले अग्रसरता लिनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा पूर्व सांसद तथा समाजका केन्द्रीय सदस्य गंगाबहादुर कुँवरले वीपीको आदर्श र सिद्धान्तलाई अपनाएमा राष्ट्रको दुर्गति नहुने बताउनु भयो ।
पूर्व राज्यमन्त्री चन्द्रूसिह भटटराईले वीपीले विरामी भएका बो पनि घण्टौं कार्यकर्ताका गुनासा सुन्ने गरेका मा अहिलेका नेताहरुले कार्यकर्ताका कुरा सुन्न नचाहेको बताउनुभयो ......................
काग्रेसका महासमिति सदस्य फकिरसिंह कडायतले जननिर्वाजित प्रधानमन्त्री वीपी कोइराला सरकारले २०१५ सालमा ल्याएको बजेट संझदै दश वर्ष सरकार चलाउन पाएको देशले काचुली फेर्ने भएपनि दुई वर्ष नपुग्दै अपदस्थ हुनुपरेको बताउनुभयो ।
अर्का महासमिति सदस्य जंगबहादुर साउदले २०३६ सालको जनमत संग्रहमा पञ्चहरुले जंगल बेचेर पञ्चायत जिताउने खेल भएका संझदै त्यसको विरोधमा वीपीको स्मृति दिवसमा रुख रोप्न थालिएको बताउनुभयो ।
विचार गोष्ठीमा तत्कालिन राजापुर गाविसका अध्यक्ष विनोदध्वज चन्द, कार्यक्रममा वीपी विचारका पूर्व जिल्ला सभापति जीवन प्रसाद श्रेष्ठ, प्रदेश सभा सदस्य ललिता सुनार, प्रजातन्त्र सेनानी संघका यज्ञनीधि कोइराला, पूर्व क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, जोशीपुर गाउँपालिका पूर्व अध्यक्ष रामकृष्ण चौधरी, धनञ्जय तरुण दलका क्षेत्रीय सभापति कल्पेश कुँवर, संस्थापक सदस्य गगनसिह ठकुल्ला लगायतले वीपीका विचार अनुसरण गर्दै नेपाली काँग्रेस पार्टीलाई मजबुत बनाउनुपर्ने सुझाव दिनुभयो (सबैका भिडियो क्लीप मिलाएर राख्ने) ।
२०७३ पुस १५ गते स्थापना भएको वीपी विचार क्षेत्रीय समाज टीकापुरलाई योगदान गर्ने जानकी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिपकुमार चौधरी, जोशीपुर गाउँपालिकाका पूर्व अध्यक्ष रामकृष्ण चौधरी, स्वर्गीय बलबहादुर रावलकी धर्मपत्नी डम्मरादेवी रावललाई सम्मान गरेको छ ।
वीपी विचार क्षेत्रीय समाजका सभापति गोरबहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नेत्र रावलले गर्नु भएको छ ।
शिक्षा स्वास्थ्यमा ठूलो लगानी भएपनि बालविवाह नियन्त्रण चुनौतीपूर्ण
# समाज
२१ भदौ, २०८३
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बालबालिकाको शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गरे पनि बालमैत्री पालिका बनाउन पूरा गर्नुपर्ने सूचकहरु पूरा
कामधेनु क्लवको टीकापुर ब्लक नम्बर ११ स्थित ट्रस भवनको उद्घाटन
# समाज
५ श्रावण, २०८३
टीकापुर नगरपालिका वार्ड नं १ ब्लक नम्बर ११ स्थित कामधेनु क्लवको ट्रस्ट भवनको उद्घाटन भएको छ। टीकापुर नगरपालिका १ नम्बर वडा कार्यालयका वडाध्यक्ष
मानव धर्म सेवा समिति टीकापुरमा भानु जयन्ती
# समाज
२९ असार, २०८३
नेपाल मानव धर्म सेवा समिति टीकापुरले २१३औ भानु जयन्तीका अवसरमा स्मृति समारोह राखेको छ । भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गरी छन्दमा गाउन सकिने





प्रतिकृया दिनुहोस