• २० भदौ २०८३ शनिबार/ Saturday 9-05-2026
  • स्टुडियो टाईम : ११:३७

चिनियाँ दूतावासद्वारा महुन्याल मावि भजनीलाई शैक्षिक सामग्री सहयोग

नेपालस्थित चिनियाँ दूतावासले कैलाली र कञ्चनपुरका दुई संस्थालाई सहयोग गरेको छ । दूतावासको ‘उज्यालो भविष्य’ कार्यक्रम अन्तरगत भजनीसिथ्त महुन्याल माविलाई शैक्षिक सामग्री सहयोग गरेको छ । यस्तै ‘आरामदायी प्रसूति’  कार्यक्रम अन्तर्गत कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित लालझाडी आधारभूत अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । 
सोमबार महुन्याल माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा चिनियाँ दूतावासको सहयोगमा महुन्याल माध्यमिक विद्यालयलाई डेस्क–बेन्च, स्मार्ट बोर्ड, ह्वाइट बोर्ड, स्कुल ब्यागलगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्नुका साथै विद्यार्थीको नियमित विद्यालय उपस्थितिलाई प्रोत्साहन र अध्ययनप्रति रुचि तथा उत्प्रेरणा बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, कञ्चनपुरको लालझाडी आधारभूत अस्पतालको प्रसूति विभागमा विभिन्न वार्डका लागि एयर कन्डिसनर जडान गरिएको छ। यसबाट सुत्केरी आमा तथा नवजात शिशुका लागि सहज र अनुकूल वातावरण निर्माण हुनुका साथै प्रसूति सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महुन्याल माविको समितिका अध्यक्ष सुरेन्द्रप्रसाद जैसीको अध्यक्षता भएको कार्यक्रममा भजनी नगरपालिकाका प्रमुख केवल चौधरी प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राणा र भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा तथा लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक विद्याप्रसाद भट्टले गर्नुभएको थियो।
चिनियाँ दूतावासका अनुसार ‘उज्यालो भविष्य’ र ‘आरामदायी प्रसूति’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिएको यो पहिलो संयुक्त कार्यक्रम हो। दूतावासले शिक्षा, स्वास्थ्य तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा स्थानीय समुदायको आवश्यकता पहिचान गरी सहयोग तथा सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
कार्यक्रममा चिनियाँ दूतावासका तर्फबाट आयोजना व्यवस्थापकहरू इन्जिनियर शिवाङ दत्त, सभ्या वज्राचार्य र जिवेश गुरुङलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको समन्वय दलित कल्याण संघले गरेको थियो।
 

प्रतिकृया दिनुहोस

भानु पुस्तकालय सत्तीले १९ औं राष्ट्रिय पुस्तकालय दिवस मनायो

# समाचार

१५ भदौ, २०८३

१९ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीले प्रभात फेरी गरेको छ । “बाल, युवा र बृद्ध पुस्तकालय सबैको

राष्ट्रिय माध्यामिक विद्यालय नारायणपुर बेलुवामा नागरिक आवाज तथा कर्तब्य समुह गठन

# समाचार

११ भदौ, २०८३

टीकापुर नगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय माध्यामिक विद्यालय नारायणपुर बेलुवामा नागरिक आवाज तथा कर्तब्य समुह गठन गरिएको छ । वल्र्डभिजन

भजनी नगरपालिकामा बाल तथा पोषणमैत्री स्थानिय शासनको सूचक पार गर्ने प्रयास जारी

# समाचार

११ भदौ, २०८३

भजनी नगरपालिकामा बाल तथा पोषणमैत्री स्थानिय शासनको प्रगती समिक्षा गरिएको छ । २०८३ असोज सम्म बालमैत्री स्थानिय शासन पालिका घोषणा गर्ने लक्ष्य लिएको