भानु पुस्तकालय सत्तीले १९ औं राष्ट्रिय पुस्तकालय दिवस मनायो
१९ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीले प्रभात फेरी गरेको छ ।
“बाल, युवा र बृद्ध पुस्तकालय सबैको गन्तव्य” भन्ने नारासहित मनाइएको पुस्तकालय दिवसमा टीकापुर नगरपालिका वडा नम्बर ७ को सत्तीमा प्रभातफेरी कार्यक्रम गरिएको हो ।
प्रभातफेरी कार्यक्रममा विभिन्न चार वटा विद्यालयका ३०÷३० जना विद्यार्थीहरु शिक्षकको सहभागिता रहेको थियो । कार्यक्रममा कर्णाली मावि सत्ती, जेसिज पब्लिक स्कुल, जीवन ज्योति एकेडेमी र नोबेल पब्लिक स्कुलका विद्यार्थीहरु सहभागी भएका हुन ।
प्रभातफेरी पछि रसुवामा आएको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनु भएकाहरुको लागि एक मिनेट मौनधारण गरी कार्यक्रम भएको थियो ।
टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला प्रमुख अतिथि रहनु भएको कार्यक्रममा विद्यालयको तर्फबाट नोबेल पब्लिक स्कुल का प्रिन्सिपल नरबहादुर बुढा, उज्यालो बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष प्राङकुंश चौधरीले आफ्ना भनाइहरु राख्दै पुस्तकालय दिवसको शुभकामना दिनुभएको थियो ।
पुस्तकालयका अध्यक्ष मनिराम ढुङ्गानाले अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव अर्जुन चौधरीले गर्नुभएको थियो भने स्वागत पुस्तकालयकी उपाध्यक्ष धनसरी कोइरालाको गर्नु भएको थियो ।
चिनियाँ दूतावासद्वारा महुन्याल मावि भजनीलाई शैक्षिक सामग्री सहयोग
# समाचार
१५ भदौ, २०८३
नेपालस्थित चिनियाँ दूतावासले कैलाली र कञ्चनपुरका दुई संस्थालाई सहयोग गरेको छ । दूतावासको ‘उज्यालो भविष्य’ कार्यक्रम अन्तरगत भजनीसिथ्त महुन्याल
राष्ट्रिय माध्यामिक विद्यालय नारायणपुर बेलुवामा नागरिक आवाज तथा कर्तब्य समुह गठन
# समाचार
११ भदौ, २०८३
टीकापुर नगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय माध्यामिक विद्यालय नारायणपुर बेलुवामा नागरिक आवाज तथा कर्तब्य समुह गठन गरिएको छ । वल्र्डभिजन
भजनी नगरपालिकामा बाल तथा पोषणमैत्री स्थानिय शासनको सूचक पार गर्ने प्रयास जारी
# समाचार
११ भदौ, २०८३
भजनी नगरपालिकामा बाल तथा पोषणमैत्री स्थानिय शासनको प्रगती समिक्षा गरिएको छ । २०८३ असोज सम्म बालमैत्री स्थानिय शासन पालिका घोषणा गर्ने लक्ष्य लिएको





प्रतिकृया दिनुहोस