शिक्षा स्वास्थ्यमा ठूलो लगानी भएपनि बालविवाह नियन्त्रण चुनौतीपूर्ण
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बालबालिकाको शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गरे पनि बालमैत्री पालिका बनाउन पूरा गर्नुपर्ने सूचकहरु पूरा गर्न कठिनाइ भएको बताउनु भएको छ ।
बालबालिकाका क्षेत्रमा नगरपालिकाले गर्दै आएको खर्चको बारेमा बाल कल्याण संघले भजनीमा आयोजना गरेको समिक्षा कार्यक्रममा प्रमुख चौधरीले यस्तो बताउनु भएको हो । प्रमुख चौधरीले गरिबी भन्दा कूलत र बालविवाह गरेर विद्यार्थीले पढाइ छोडनु चिन्ताको विषय भएको बताउनु भयो ।
गैर सरकारी क्षेत्रको लगानी र सहयोगको प्रशंशा गर्दै नगरप्रमुख चौधरीले सामाजिक समस्याको समाधानका लागि सबै क्षेत्रको साझेदारीको अपेक्षा गर्नुभयो ।
भजनी नगरपालिकामा विद्यार्थीले बिचैमा पडाइ छोडने र बालविवाह गर्ने बालबालिकालाई रोक्नु चुनौतीपूर्ण छ । महुन्याल माविका प्रधानाध्यापक विद्या प्रसाद भट्ट बालविवाहपछि जन्मेका बालबालिका, नागरिकताविहीन अभिभावकका सन्तानहरु, भारतमा हुने विवाहका कारण गत वर्ष ६४ र यस वर्ष ३२ बालबालिकाो जन्म दर्ता नभएको र उनीहरुलाई दिएका पाठयपुस्तक र दिवा खाजा बेरुजु आउने गरेको बताउनु भयो ।
समिक्षा कार्यक्रममा स्वास्थ्य शाखाबाट छत्रबहादुर बुढा, शिक्षा शाखाबाट देवराज अवस्थी, महिला बालबालिका शाखबाट ऋजु चुकाहा लगायतले नगरपालिकाबाट ती क्षेत्रमा भएको बजेटको बारेमा जानकारी गराउनु भएको छ । बालकल्याणले वर्षेनी बालबालिकाका क्षेत्रमा विगत वर्षमा भएको खर्चको समिक्षा गर्दै चालू वर्षको बजेटको विश्लेषण गर्ने गरेको बाल कल्याण संघका सोनु चौधरीले बताउनुभयो ।
वीपीको सिद्धान्त पालना गरे देशको दुर्दशा नहुने वक्ताहरुको जोड
# समाज
७ श्रावण, २०८३
वीपी विचार क्षेत्रीय समाज कैलाली क्षेत्र नं १ ले समाजवादी नेता तथा नेपाली काँगे्रसबाट पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४४औं स्मृति
कामधेनु क्लवको टीकापुर ब्लक नम्बर ११ स्थित ट्रस भवनको उद्घाटन
# समाज
५ श्रावण, २०८३
टीकापुर नगरपालिका वार्ड नं १ ब्लक नम्बर ११ स्थित कामधेनु क्लवको ट्रस्ट भवनको उद्घाटन भएको छ। टीकापुर नगरपालिका १ नम्बर वडा कार्यालयका वडाध्यक्ष
मानव धर्म सेवा समिति टीकापुरमा भानु जयन्ती
# समाज
२९ असार, २०८३
नेपाल मानव धर्म सेवा समिति टीकापुरले २१३औ भानु जयन्तीका अवसरमा स्मृति समारोह राखेको छ । भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गरी छन्दमा गाउन सकिने





प्रतिकृया दिनुहोस