• २० भदौ २०८३ शनिबार/ Saturday 9-05-2026
  • स्टुडियो टाईम : ११:४१

राष्ट्रिय माध्यामिक विद्यालय नारायणपुर बेलुवामा नागरिक आवाज तथा कर्तब्य समुह गठन

टीकापुर नगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय माध्यामिक विद्यालय नारायणपुर बेलुवामा नागरिक आवाज तथा कर्तब्य समुह गठन गरिएको छ । वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिको सहयोगमा विकासका लागि युवा ऐक्वद्धत (यार्ड) धनगढीले विद्यालय स्तरमा समुह गठन गरिएको हो । बालबालिकाका शैक्षिक विकासमा सहयोग पुग्ने उद्देश्यले विद्यार्थी, विद्यालय र अभिभावकहरुको कर्तब्य समुह गठन गरिएको जनाएको छ । 

दलबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय समुह गठन गरिएको छ । जसमा उपाध्यक्ष सरिता चौधरी, सचिवमा सीता कुमारी थारु र कौशिला चौधरी, अंगानु चौधरी, बिनु चौधरी, आशा चौधरी, सीता कडायत, लीला कठाइत, विद्यार्थी अर्नप चौधरी र अम्बिका चौधरी सदस्य रहेका छन् । 

विद्यालयमा बालबालिकाहरुको भर्नादर बढाउन र बालबालिकाका समस्यालाई उजागर गरी समस्या समाधानको बाटो खोज्न सहयोग पुगोस र समग्र शैक्षिक विकासमा भन्ने उद्देश्यले कर्तब्य समुह गठन गरिएको यार्डका सामुदायिक परिचालक रतनलाल चौधरीले जानकारी दिनुभयो । 

बालबालिकालाई विद्यालयमा सहभागिता, विद्यालय छोड्नेहरुलाई पुनः विद्यालयमा ल्याउने वातावरण बनाउन आफ्नो भुमिका रहने समुहका अध्यक्ष दानबहादुर मगरले प्रतिवद्धता जनाउनुभयो । 

वडाअध्यक्ष बलिराम चौधरीले कर्तब्य समुहले विद्यालयमा हुने शैक्षिक समस्या उजागर गर्न र सरोकारवालालाई समस्या निराकरणका लागी झकझकाउने विश्वास लिएको बताउनुभयो ।

प्रधानाध्यापक रामप्रसाद चौधरीले शिक्षाको क्षेत्रमा यार्डले अभिभावक सुसुचित गर्ने, विद्यार्थीहरुलाई लगनशिल बनाउने, पढाई शिबिर सञ्चालन जस्ता प्रभावकारी काम गर्दै आएको बताउदै यति हुँदापनि विद्यार्थीहरुलाई विद्यालयमा नियमित गर्न नसकेकोले समुहले त्यसतर्फ सघाउने विश्वास रहेको बताउनुभयो ।

यार्ड धनगढीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित बाल समृद्धिका लागि एकीकृत विकास परियोजना (हातेमालो) अन्तर्गत कैलालीका टीकापुर, भजनी, घोडाघोडी, गौरीगंगा नगरपालिका तथा कैलारी गाउँपालिकामा बाल समृद्धिसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कार्यक्रमको सहजीकरण सामुदायिक परिचालक रतनलाल चौधरीले गर्नुभएको थियो।
 

प्रतिकृया दिनुहोस

चिनियाँ दूतावासद्वारा महुन्याल मावि भजनीलाई शैक्षिक सामग्री सहयोग

# समाचार

१५ भदौ, २०८३

नेपालस्थित चिनियाँ दूतावासले कैलाली र कञ्चनपुरका दुई संस्थालाई सहयोग गरेको छ । दूतावासको ‘उज्यालो भविष्य’ कार्यक्रम अन्तरगत भजनीसिथ्त महुन्याल

भानु पुस्तकालय सत्तीले १९ औं राष्ट्रिय पुस्तकालय दिवस मनायो

# समाचार

१५ भदौ, २०८३

१९ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीले प्रभात फेरी गरेको छ । “बाल, युवा र बृद्ध पुस्तकालय सबैको

भजनी नगरपालिकामा बाल तथा पोषणमैत्री स्थानिय शासनको सूचक पार गर्ने प्रयास जारी

# समाचार

११ भदौ, २०८३

भजनी नगरपालिकामा बाल तथा पोषणमैत्री स्थानिय शासनको प्रगती समिक्षा गरिएको छ । २०८३ असोज सम्म बालमैत्री स्थानिय शासन पालिका घोषणा गर्ने लक्ष्य लिएको