सिद्धार्थ टोलविकास संस्थाको पहिलो साधारण सभा सम्पन्न
टीकापुर नगरपालिका वडा नं. १ शंकरपुर स्थित सिद्धार्थ टोलविकास संस्थाको पहिलो साधारण सभा भएको छ । संस्थाका अध्यक्ष भीमबहादुर भण्डारीको अध्यक्षमा सम्पन्न भएको हो ।
साधारण सभामा जाजरकोटमा भुकम्म गएको बेला संस्थाको प्रतिनिधित्व गर्दै भुकम्प पिडितलाई श्रमदान गर्नुभएका संस्था सदस्य कृष्णबहादुर घर्तिमगरलाई सम्मान गरिएको छ । भने अल्पायुमै मृत्यु भएका संस्थाका सदस्य सुनिता चौधरीको परिवारलाई श्रण्द्धाण्जली सहित टोलका सम्पुर्ण सदस्यले सक्दो नगद रकम उठाएर सहयोग रकम हस्तान्तरण गरेको छ ।
टोलविकास संस्थाले स्थापना कालदेखि रु २०० का दरले मासिक रकम उठाउने गरकोमा हालसम्म १ लाख ५० हजार ४ सय २६ रुपैयाको कोष स्थापना गरेको छ । जसमा १ लाख ३१ हजार रुपैया ऋण लगानी गरेको विविध खर्च ३ हजार ७ सय खर्च भएको र१५ हजार ७ सय २६ रुपैया बचत रहेको संस्थाका सचिव जनक रावलले जानकारी गराउनुभयो ।
साधारण सभाका प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं. १ का अध्यक्ष मोहन लुहार विकले वडा नं. १ भित्र ११० वटा टोलविकास संस्था रहेको जानकारी दिनुभयो । उहाँले नगरपालिकाको विकास निमांणमा सहयोग गर्ने सहयोगी संस्थाका रुपमा टोलविकास संस्था रहेको बताउदै टोलबासी र नगरपालिका बिचको सम्बन्ध सुमधुर बनाउन यसले सघाएको बताउनुभयो ।
अध्यक्ष बिकले टोलविकास संस्थाको कोष परिचालन बारे कार्यविधि नबनेकोले यसले पछि टोलविकास संस्थाको लक्ष्य र उद्देश्य माथि नै समस्या निम्त्याउने भएकोले, कोषमा जम्मा भएको रुपैयालाई छलफल गरि सदस्यहरुलाई फिर्ता गर्न सुझाव दिनुभयो ।
सगरमाथा टोलविकास संस्थाका अध्यक्ष अमित चौधरीले टोल विकास संस्था टोलवकास संस्थामा हुने नियमित छलफलले क्षमता विकास भएको बताउनुभयो ।
टोलविकास संस्थाका कोषाध्यक्ष शुशिला शर्माले टोलविकास संस्थाले एक टोलले गरेको राम्रा अभ्यास अर्को टोलले सिक्ने अवसर प्रदान गरेको बताउनुभयो ।
संस्थाका सदस्य जमुना बमले स्वागत गर्नुभएको कार्यक्रम पद्माकुमारी बम मल्लले सञ्चालन गर्नुभएको थियो ।
सरकार–गैर सरकार मिलेर विकास गर्नुपर्ने जनप्रतिनिधिको भनाइ
# स्थानीय तह
६ भदौ, २०८३
स्थानीय तहका प्रमुख उपप्रमुखहरूले सरकार र गैरसरकारी संस्थाले समन्वय गरेर विकास कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ। वर्ल्ड भिजन
टीकापुर नगरपालिकाको बजेट खर्च ७५ प्रतिशत, राजश्व उल्लेख्य बृद्धि
# स्थानीय तह
३० असार, २०८३
टीकापुर नगरपालिकाको चालू आ.व.को खाता बन्द अवधीसम्म करिब ७५ प्रतिशत बजेट मात्रै खर्च भएको छ । चालू आ.व.मा नगरपालिकाो एक अर्ब पाँच करोड ५१ लाखको बजेट
टीकापुर नगरपालिकाको बजेट १०३ करोड
# स्थानीय तह
१८ असार, २०८३
टीकापुर नगरपालिकाको १९औं नगरसभाले आ.व. २०८३/८४ को लागि एक अर्ब ३ करोड ६७ लाख ७७ हजार रुपियाँको बजेट सार्वजनिक ल्याएको छ । बुधबार बसेको सभाले सङ्घीय

.jpeg)



प्रतिकृया दिनुहोस