• ७ भदौ २०८३ आइतबार/ Sunday 8-23-2026
  • स्टुडियो टाईम : १२:१६

६० हजार जति लाभग्राहीलाई सेवा प्रदान

वर्ल्ड भिजन इन्टरनेसनलको आर्थिक सहयोगमा परियोजना सञ्चालन गरिरहेका कैलालीका तीनवटा संस्थाले गरेका कामहरूको समीक्षा गरिएको छ । बालकल्याण संघ टीकापुर, दिगो विकास समाज भजनी र विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) धनगढीले गरेका कामहरूको समीक्षा गरिएको हो ।
शुक्रबार टीकापुरमा भएको परियोजना सल्लाहकार समितिको बैठकमा परियोजनाका कामहरूको समिक्षा गरिएको हो । बाल कल्याण संघका कार्यक्रम संयोजक राधिका गिरीले २० हजार  ५०० बालबालिका सहित ३३ हजार १३० जनालाई परियोजनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सेवा प्रदान गरेको जानकारी दिनुभयो ।
बाल कल्याणले बालबालिका, तिनका परिवार, समुदाय र प्रणालीको चक्र बनाएर बाल अधिकार संरक्षणका लागि काम गरेको बताएको छ । यस अन्तर्गत रूपान्तरण सत्र, बाल क्लबलाई प्रशिक्षण, बालकोष सम्बन्धी नीति निर्माण, बाल सम्मेलन, बाल क्लब बालअधिकार, प्रहरी साझेदारी कार्यक्रम, बालभेला, मनोविमर्श तथा बाल घटना अभिलेख राखेको छ । संस्थाले सञ्चालन गरेको रूपान्तरण सत्रमा ४५० जना बालबालिका सहभागी भएका छन् । २१ वटा बालभेला, १४५ वटा बाल घटनाको अभिलेख, २५५ वटा समूह र  ४३ जना व्यक्तिलाई मनोविमर्श सेवा दिएको छ । यस्तै पाँच हजार ७४५ जना बालबालिकालाई अल्पकालीन सहयोग अन्तर्गत ट्रयाकसुट वितरण गरिएको जनाएको छ ।
बालकल्याणका कार्यक्रममार्फत ११ वटा बालविवाह रोकिएको, २१ जना विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गरेको, दुई जनालाई ओसीएमसीमा पठाएको, पाँच जनालाई आत्महत्या जस्ता जोखिमबाट जोगाएको कुरालाई उपलब्धिको रुपमा लिएको छ ।
यार्ड नेपालका कार्यक्रम संयोजक पिताम्बर पौडेललेआफ्नो संस्थाले दिगो विकास लक्ष्य नम्बर २ मा काम गरेको, भजनी नगरपालिका वार्ड नं १ र २ को बालबालिकाको वडा प्रोफाइल बनाएको बालमैत्री स्थानीय शासनमा सहयोग गरेको, ७०० बालबालिकाको पोषण स्क्रिनिङ गर्दा ३० जना बालबालिकामा समस्या देखिएपछि पोषको उपलब्ध गराएको, १५ वटा नीति संवाद मार्फत ६७५ जनालाई सचेतना पु¥याएकोे, १२ हजार बालबालिकाको स्वास्थ्य जाँच गरेको, तीन वटा बालमैत्री स्थानीय शासन सहजीकरण कार्यशाला गरेको, ८५ वटा विद्यालयको दिवा खाजा मेनु निर्माण गरेको, छ हजार ५४५ बालिकालाई ट्रयाक सुट वितरण गरिएको,  तीन वटा वडामा दिवा खाजाका लागि करेसाबारी बनाउन लबिङ गरिरहेको जस्ता विषय प्रस्तुत गरेको छ ।
दिगो विकास समाज भजनीका कार्यक्रम संयोजक प्रभु ढकालले परियोजनाले ९ हजार ६२० परिवारका १२ हजार ६३३ महिला र ५ हजार ९७ पुरुष, १२ बालिका १४ अपाङ्ग बालकलाई सहयोग पुगेको, दुई हजार ३४१ सीमान्तकृत बालबालिकासँग काम गरिरहेको बताउनुभयो ।
विकास समाज भजनीले विश्व वातावरण दिवसको अवसर पारी छ हजार ५०० बालबालिकालाई फलफुलका वितरण बिरुवा वितरण गरेको, १३४ जना कृषकलाई उत्पादनपछिको बजार व्यवस्थापनको बारेमा सहयोग गरेको, ३० वटा बचत समूहलाई सामग्री प्रदान गरिएको, एउटा कृषि एम्बुलेन्स उपलब्ध गराइएको, तीन वटा सामुदायिक वनसँग समन्वय गरी ३ हजार कागती र २५० लिचीका बिरुवा उपलब्ध गराइएको, प्रगतिशील बचत समूहलाई केराको थामबाट धागो बनाउने मेसिन उपलब्ध गराइएको जानकारी दिनुभयो ।
बैठकमा प्रस्तुत विषयवस्तुको समीक्षा गर्दै कैलारी गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेश चौधरी, महिला बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले संस्थाले काम राम्रो गरिरहे पनि पर्याप्त समन्वय नभएको गुनासो गर्नुुभयो । टीकापुर नगरपालिकाका गैरसरकारी समन्वय शाखा प्रमुख अमृता रावलले कृषकहरूले अर्गानिक तरकारी उत्पादन गरी स्थानीय तहले बजारीकरण गरिदिनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी बिमलप्रकाश जोशीले परियोजना सञ्चालन गर्दा सँग समन्वय गरी उपलब्धि हुने गरी गर्न सुझाव दिनुभयो । वर्ल्ड भिजनको सहयोगमा यहाँका तीन वटा स‌स्थाले टीकापुर नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकामा विभिन्न परियोजना सञ्चालन गरिरहेका छन् । परियोजनको समिक्षा कार्यक्रममा ती  पालिकाका प्रमुख,  उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरु, परियोजना सञ्चालन गरिरहेका संस्थाका पदाधिकारीहरु र कर्मचारी सहभागी सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

टीकापुर बजारमा ग्याँस अभाव कायमै

# समाचार

३ भदौ, २०८३

यसैसाता टीकापुर बजारमा ग्याँसको दोस्रो पटक अनुगमन भएको छ । टीकापुरमा ग्याँस आपूर्ति सन्तुलनमा आएको छैन् । बुधबार आदिकवी ट्रेडर्सले भेरी ग्याँस

उपभोक्ता हित संरक्षण मञ्च टीकापुरको अध्यक्षमा विष्ट

# समाचार

२८ श्रावण, २०८३

उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुर नगर कार्यसमितिको अध्यक्षमा शेरबहादुर बिष्ट चयन हुनु भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुरको

उपभोक्ता हित संरक्षण मञ्च सुदूरपश्चिमको दोस्रो अधिवेशन

# समाचार

२४ श्रावण, २०८३

उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशनले भोजराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको