टीकापुर बजारमा ग्याँस अभाव कायमै
यसैसाता टीकापुर बजारमा ग्याँसको दोस्रो पटक अनुगमन भएको छ । टीकापुरमा ग्याँस आपूर्ति सन्तुलनमा आएको छैन् ।
बुधबार आदिकवी ट्रेडर्सले भेरी ग्याँस ल्याएर अर्कै पसलबाट बिक्री थालेको गुनासो आएपछि प्रशासनले अनुगमन थालेको हो ।
भेरी ग्याँसको अनुमति नै नपाएको आदिकवीले ३३० सिलिण्डर भेरी ग्याँस ल्याएर बिक्री गरेको छ । भेरी डिलर रोजी ट्रेडर्सले १५० र बम ब्रदर्शले ८८ सिलिण्डर बाँडेको छ । बुधबार बेलुका अनुगमन गर्दा आदिकवी बाहेक कुनै पनि डिलरमा ग्याँस भेटिएन ।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरुले हेलो सरकारमा गुनासोमा परेकाले अनुगमन गर्न आएको र आदिकवी टे«डर्सले अनुमति विना नै ग्याँस ल्याएर तेस्रो व्यक्तिलाई वितरणको जिम्मा दिएको बताउनुभयो ।
पनेरुका अनुसार भेरी ग्याँसले आधिकारिक विक्रेता भन्दा नयाँ पसललाई बढी ग्याँस उपलब्ध गराउदा पुरानाले नपाएको तर नयाँलाई सिलिण्डरसहित बिक्री गर्ने अवस्था आएको र ग्याँसको सिलिण्डर साटदा फरक कम्पनीको भए पैसा लिने गरेको गुनासो आएको बताउनु भयो । बुधबार आदिकवी ट्रेृडर्स, न्यू एब्रिला, मालिका एण्ड नवदुर्गा टे«डर्स, बम ब्रदर्श लगायतका ग्याँस डिलरको अनुगमन भएको छ ।
न्यू एब्रिला टे«डर्सका सञ्चालक लक्ष्मण देवकोटाले मनकामना ग्याँसले ग्याँस आपूर्ति नियमित नगर्दा तीन हजार थान खाली सिलिण्डर रहेको बताउनुभयो । यस अघि साउन २९ गते पनि इलाका प्रशासन र टीकापुर नगरपालिकाले ग्याँसको अनुगमन गरेको थियो ।
६० हजार जति लाभग्राहीलाई सेवा प्रदान
# समाचार
६ भदौ, २०८३
वर्ल्ड भिजन इन्टरनेसनलको आर्थिक सहयोगमा परियोजना सञ्चालन गरिरहेका कैलालीका तीनवटा संस्थाले गरेका कामहरूको समीक्षा गरिएको छ । बालकल्याण संघ
उपभोक्ता हित संरक्षण मञ्च टीकापुरको अध्यक्षमा विष्ट
# समाचार
२८ श्रावण, २०८३
उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुर नगर कार्यसमितिको अध्यक्षमा शेरबहादुर बिष्ट चयन हुनु भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुरको
उपभोक्ता हित संरक्षण मञ्च सुदूरपश्चिमको दोस्रो अधिवेशन
# समाचार
२४ श्रावण, २०८३
उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशनले भोजराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको

.jpeg)



प्रतिकृया दिनुहोस