• ७ भदौ २०८३ आइतबार/ Sunday 8-23-2026
  • स्टुडियो टाईम : १२:१६

सरकार–गैर सरकार मिलेर विकास गर्नुपर्ने जनप्रतिनिधिको भनाइ

स्थानीय तहका प्रमुख उपप्रमुखहरूले सरकार र गैरसरकारी संस्थाले समन्वय गरेर विकास कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
वर्ल्ड भिजन इन्टरनेशनल  नेपालको आर्थिक सहयोगमा कैलालीमा परियोजना सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरूको समीक्षा गर्न शुक्रबार टीकापुरमा भएको जिल्ला सल्लाहकार समितिको बैठकमा सहभागी जनप्रतिनिधिहरूले यस्तो बताउनुभएको हो ।
भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले कृषकलाई सहयोग गरेर खल्लामा काँक्रा र लौका फलाउने देखि जैविक तटबन्ध निर्माणसम्मका काम भएको बताउनुभयो । शुक्रबार संस्थाहरूले गरेका कामको पालिका स्तरमा अनुगमन गर्नुभएका प्रमुख चौधरीले परियोजनाले गरे राम्रो काम गरेको अनुभूति भएको बताउनुभयो । स्थानीय तहमा बजेटको अभाव भएकाले सामाजिक काम गर्नको लागि सरकारी संस्थाको सहयोग अति आवश्यक भएको बताउनुभयो उहाँले रूपान्तरण कक्षा, स्टेशनरी, पोशाक, तालिम प्रदान जस्ता धेरै प्रयास गर्दा पनि शिक्षामा सुधार नभएकोले अझै सहयोगको आवश्यकता औल्याउनुभयो ।
गौरीगंगा नगरपालिकाका प्रमुख देवीदत्त कँडेलले बैठकमा आएका सुझावलाई ग्रहण गर्दै पुरा नभएका काम पूरा गर्न लाग्नुपर्ने बताउनुभयो। स्थानीय तहमा पहिचान भएका आवश्यकतालाई विवादरहित तरिकाले स्रोत विनियोजन गरे धेरै काम गर्न सकिने बताउनुभयो । जिल्ला समन्वय समिति कैलालीका उपप्रमुख खगराज भुषालले परियोजनाले धेरै राम्रा काम गरेको, सरकार–गैरसरकार समन्वयमा काम भइरहेको, संस्थाका कर्मचारीलाई सहयोगीका रूपमा बुझ्न र पालिकाका कर्मचारी जनप्रतिनिधि मिलेर काम गर्दा नतिजा निकाल्न सकिने बताउनुभयो । उहाँले ३५ वर्षमा केही भएन भन्ने भाष्य बदल्नुपर्ने बताउनुभयो ।
घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलिया चौधरीले बालबालिका लक्षित धेरै कामहरू पालिकाले गरिरहेको बताउँदै परियोजनाले गरेका कामहरूको अनुगमन गर्दा कृषक, महिला बालबालिकाले सहयोग भइरहेको बताउनुभयो । उहाँले जरही सामुदायिक वनमा बिरुवा रोप्ने कामले यहाँको पर्यापर्यटन र वनको आयआर्जनमा सहयोग पुग्ने बताउनुभयो ।
कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले संविधानको मौलिक हकमा व्यवस्था, निर्देशक सिद्धान्त, पञ्चवर्षीय योजना, वार्षिक बजेट, कार्यक्रमलाई सघाउने गरी संस्थाले काम गर्नुपर्ने बताउनुभयो। कतिपय अवस्थामा साझेदार संस्थाले काम गर्दा स्थानीय तहसँग समन्वय नगरेको, दातृ निकाय र सरकारी निकायले दिएका तालिम बाँडेका उपकरण प्रयोगविहीन अवस्थामा रहेको बताउनुभयो । जनप्रतिनिधिहरुले परियोजनाका कामहरु विस्तार हुनेपर्ने पनि अपेक्षा गर्नुभएको छ ।
वर्ल्ड भिजनका जिल्ला संयोजक मंगलबहादुर शाहले बजेट र कार्यक्षेत्र पूर्व निर्धारित भएपनि छलफलमा उठेका विषयहरूलाई प्राविधिक रूपमा सम्बोधन गर्न सकिने बताउनुभयो । जिल्ला समन्वय समिति कैलालीका प्रमुख टिका कुमारी चौधरी भुलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिगो विकास समाज भजनीका कार्यक्रम संयोजक प्रभु ढकालले गर्नुभएको थियो भने स्वागत बालकल्याण संघ टीकापुरका कोषाध्यक्ष धनराज शाहीले गर्नुभएको छ । कार्यक्रममा परियोजना सञ्चालन भैरहेको पालिकाका जनप्रतिनिधिहरु कर्मचारीहरु  र परियाेजनाका पदाधिकारी कर्मचारी सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

सिद्धार्थ टोलविकास संस्थाको पहिलो साधारण सभा सम्पन्न

# स्थानीय तह

१८ श्रावण, २०८३

टीकापुर नगरपालिका वडा नं. १ शंकरपुर स्थित सिद्धार्थ टोलविकास संस्थाको पहिलो साधारण सभा भएको छ । संस्थाका अध्यक्ष भीमबहादुर भण्डारीको अध्यक्षमा

टीकापुर नगरपालिकाको बजेट खर्च ७५ प्रतिशत, राजश्व उल्लेख्य बृद्धि

# स्थानीय तह

३० असार, २०८३

टीकापुर नगरपालिकाको चालू आ.व.को खाता बन्द अवधीसम्म करिब ७५ प्रतिशत बजेट मात्रै खर्च भएको छ । चालू आ.व.मा नगरपालिकाो एक अर्ब पाँच करोड ५१ लाखको बजेट

टीकापुर नगरपालिकाको बजेट १०३ करोड

# स्थानीय तह

१८ असार, २०८३

टीकापुर नगरपालिकाको १९औं नगरसभाले आ.व. २०८३/८४ को लागि एक अर्ब ३ करोड ६७ लाख ७७ हजार रुपियाँको बजेट सार्वजनिक ल्याएको छ । बुधबार बसेको सभाले सङ्घीय