टीकापुर साना शहरी खानेपानीको १० औं वार्षिक साधारण सभा सम्पन्न
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खानेपानीका अध्यक्ष खडक धामीले अहिलेसम्म ४ ओटा ओभरहेड ट्याङ्कीबाट २९० किलोकमिटर पाइपलाइनबाट वडा नम्बर १ देखि ५ सम्मका ९ हजार ३१८ घरधुरीका करिब ५५ हजार जनसंख्यालाई २४ सै घण्टा पानी बितरण गरिरहेको जानकारी दिनुभयो ।
अध्यक्ष धामीले नगर विकास कोष र खानेपानी संस्था बिच भएको ऋण संम्झौता अनुसार साँवा व्याज, १ करोड, २५ लाख ६५ हजार ८०१ रुपैया तिनुपर्नेमा खानेपानीले २ करोड रुपैया तिर्न सफल भई ७४ लाख, ३४ हजार १९९ रुपैया साँवा घटाउन पनि सफल भएको सभा समक्षा जानकारी गराउनु भयो ।
गत आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त अनुदान र संस्थाको आन्तरिक आयबाट थप ११ किलोमटिर पाइपलाइन विस्तार गरी ६४७ घरधुरीमा धारा जडान पनि गरीएको अध्यक्ष धामीले बताउनु भयो ।
टीकापुरको वडा नम्बर ३ रामपुरमा निर्माणधिन खानेपानी संस्था र टीकापुर खानेपानी बिच सहमति भई रामपुर खानेपानीका बाँकी कामहरु दुबै खानेपानी संस्था मिलेर अगाडी बढाउने सहमति भएको बताउनु भयो ।
अध्यक्ष धामीले विकास निर्माणका काम गर्दा निर्माण व्यवसायीले खानेपानीको पाइपलाइन फुटाउने गरेकाले यसको मर्मत सम्भार गर्दा खानेपानीको समय र बजेट खर्च भैरहेकोले यो प्रमुख चुनौतीका रुपमा भएको बताउनु भयो ।
साधारसभाको उद्घाटन गर्दै नगर विकास कोषको खानेपानी तथा सरसफाई महाशाखाका प्रमुख शुभाषराज पन्तले खानेपानीको महशुल बढाउनु, पाइपलाईन र उपभोक्ता विस्तार गर्नु मात्र ठूलो कुरा नभई उनीहरुलाई निरन्तर स्वच्छ खानेपानी खुवाउने कुरामा ध्यान दिन सुझाव दिनुभयो ।
प्रमुख पन्तले टीकापुरमा खानेपानीको बिस्तारसंगै ढल निकासको पनि काम भैरहेकाले अवका दिनमा पनि यहाँका नागरिक तयार भएपछि नगर विकास कोषले १ अर्ब बराबरको ढल निर्माण गर्न तयार रहेको बताउँदै त्यसका लागि खानेपानीको कार्यसमिति काम गर्न तयार हुनुपर्ने बताउनु भयो ।
टीकापुर खानेपानीका संस्थापक अध्यक्ष नवराज रावलले नेपाल सरकारले निर्माण गर्न लागेको रामपुर खानेपानीलाई पनि टीकापुर खानेपानीले जोडेर काम गर्न लागेकोमा धन्यवाद दिँदै राम्रो काम गर्न सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष खडक धामीको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा ईलाका प्रशासन कार्यालय प्रशासकिय अधिकृत सर्वानन्द चपाई, लम्की खानेपानीका अध्यक्ष मल्ल सिंह, टीकापुर खानेपानीका सल्लाहकार संयोजक भैरव सिंह रावल, नेपाली कांग्रेसका शुभनाथ देवकोटा, नेकपा एमालेका बलबहादुर विक, नेकपाका महेश बुढा, राप्रपाका डम्बर थापा, निवर्तमान कार्यवाहक अध्यक्ष सिर्जना शर्मा पण्डित लगाएतले शुभकामना मन्तव्य राख्नु भयो ।
शुभकामना मन्तव्य राख्ने व्यक्तिहरुले संस्थामा भएका कमीकमजोरीलाई बाहीर रोडमा छताछुल्ल नपारी संस्था भित्रै छलफलका माध्यामबाट समाधान गर्न सुझाव दिएका छन् ।
साधारणसभामा गत आर्थिक वर्षको ४ करोड, ८६ लाख, ६ हजार ६६३ रुपैया बराबरको आयव्याय सार्वजनिक गरिएको थियो भने चालु आर्थिक वर्षको ५ करोड, ८५ लाख ५० हजार रुपैया बराबरको अनुमानित आयव्याय प्रस्तुत गरीएको छ ।

साधारण सभामा संस्थाको उत्कृष्ट कर्मचारीका रुपमा स्टोर किपर दर्शना शर्मालाई नगदसहित सम्मान गरिएको छ । संस्थाका सचिव प्रकाश खड्काले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सिता चौधरीले गर्नु भएको थियो ।
चिनियाँ दूतावासद्वारा महुन्याल मावि भजनीलाई शैक्षिक सामग्री सहयोग
# समाचार
१५ भदौ, २०८३
नेपालस्थित चिनियाँ दूतावासले कैलाली र कञ्चनपुरका दुई संस्थालाई सहयोग गरेको छ । दूतावासको ‘उज्यालो भविष्य’ कार्यक्रम अन्तरगत भजनीसिथ्त महुन्याल
भानु पुस्तकालय सत्तीले १९ औं राष्ट्रिय पुस्तकालय दिवस मनायो
# समाचार
१५ भदौ, २०८३
१९ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीले प्रभात फेरी गरेको छ । “बाल, युवा र बृद्ध पुस्तकालय सबैको
राष्ट्रिय माध्यामिक विद्यालय नारायणपुर बेलुवामा नागरिक आवाज तथा कर्तब्य समुह गठन
# समाचार
११ भदौ, २०८३
टीकापुर नगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय माध्यामिक विद्यालय नारायणपुर बेलुवामा नागरिक आवाज तथा कर्तब्य समुह गठन गरिएको छ । वल्र्डभिजन





प्रतिकृया दिनुहोस