टीकापुरमा कार्यपालिका सदस्यबीच अनौपचारिक छलफल
टीकापुर/टीकापुर नगरपालिकामा कार्यवाहकको विवादले बजेट कार्यान्वयनमा ढिलाई हुन थालेपछि मंगलबार कार्यपालिका सदस्यबीच अनौपचारिक छलफल भएको छ । प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला आएपछि पालिकामा देखिएको समस्या समाधानका लागि प्रयास शुरु गर्नुभएको छ ।
असार १७ गते नगर सभाले ल्याएको बजेट जनप्रतिनिधिबीच सहमति गरेर कार्यान्वयन गर्ने कार्यपालिका सदस्यहरु पनि अग्रसर भएका हुन् ।
टीकापुरको नगर प्रमुख को हुने भन्ने विवाद निरुपणका लागि अदातलले माघ १८ को मिति तोकेपछि पालिकालाई अनिर्णयको बन्दी बनाउन हुँदैन भनी छलफल थालिएको हो ।
मध्यमार्गी बाटो निकालेर रामबहादुर नगार्जीलाई नै कार्यवहाकको भूमिकामा स्वीकार्ने र जेष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा ल्याएको बजेट कार्यान्वयनमा लैजानका लागि सहमतिको प्रयास भएको वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताउनु भयो ।
टीकापुर २ का वडाध्यक्ष दीपक चौधरी गल्ती सबैबाट भएकाले सच्याएर अघि बढ्नुपर्ने बताउनुहुन्छ ।
वडा नं. ४ का वडाध्यक्ष लालविर चौधरीले कार्यपालिका सदस्यबीच अनौपचारिक सहमति भएको, आगामी दिनमा निरन्तर छलफल गरेर पालिकालाई कसरी निकास दिन सकिन्छ भनी छलफल भएको बताउनुभयो ।
पालिका अनिर्णयको बन्दी बन्ने देखिएकाले बजेट कार्यान्वयनका लागि अख्तियारी दिन नगार्जीलाई नै कार्यवहाकको भूमिका निभाइदिन सहमति भएको वडा नं. ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने बताउनुहुन्छ ।
कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जी वडाध्यक्षको आग्रह अनुसार आफू सकारात्मक रहेको, नगर सभामा आफू उपस्थित नभएकाले अख्तियारी दिन मिल्ने वा नमिल्नेबारेमा कानूनी सल्लाह लिएर सबैको सहमतिमा निर्णय लिने र पालिकालाई निकास दिने बताउनुहुन्छ ।
प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले अनौपचारिक छलफल शुरु भइसकेकाले समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
चिनियाँ दूतावासद्वारा महुन्याल मावि भजनीलाई शैक्षिक सामग्री सहयोग
# समाचार
१५ भदौ, २०८३
नेपालस्थित चिनियाँ दूतावासले कैलाली र कञ्चनपुरका दुई संस्थालाई सहयोग गरेको छ । दूतावासको ‘उज्यालो भविष्य’ कार्यक्रम अन्तरगत भजनीसिथ्त महुन्याल
भानु पुस्तकालय सत्तीले १९ औं राष्ट्रिय पुस्तकालय दिवस मनायो
# समाचार
१५ भदौ, २०८३
१९ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीले प्रभात फेरी गरेको छ । “बाल, युवा र बृद्ध पुस्तकालय सबैको
राष्ट्रिय माध्यामिक विद्यालय नारायणपुर बेलुवामा नागरिक आवाज तथा कर्तब्य समुह गठन
# समाचार
११ भदौ, २०८३
टीकापुर नगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय माध्यामिक विद्यालय नारायणपुर बेलुवामा नागरिक आवाज तथा कर्तब्य समुह गठन गरिएको छ । वल्र्डभिजन





प्रतिकृया दिनुहोस