• २० भदौ २०८३ शनिबार/ Saturday 9-05-2026
  • स्टुडियो टाईम : ११:४१

भजनी नगरपालिकामा बाल तथा पोषणमैत्री स्थानिय शासनको सूचक पार गर्ने प्रयास जारी

भजनी नगरपालिकामा बाल तथा पोषणमैत्री स्थानिय शासनको प्रगती समिक्षा गरिएको छ । २०८३ असोज सम्म बालमैत्री स्थानिय शासन पालिका घोषणा गर्ने लक्ष्य लिएको भजनी नगरपालिकाले समय नजिकिदै गर्दा कार्यक्रमको समिक्षा गरेको हो ।

भजनी नगरपालिकाले बालमैत्री स्थानिय शासन घोषणा हुन पालिकाले ५१ सुचक मध्ये १५ वटा सुचक पार गरेको महिला तथा बालबालिका शाखा प्रमुख रिजु चुकाहाले जानकारी दिनुभयो । उहाँले बालमैत्री स्थानीय शासन निति कार्यपालिकाबाट अबलम्बन, नगर समिति गठन, समितिलाई अभिमुखिकरण, वडा छनौट, फोकल पर्सन तोक्ने, बाल क्लब गठन, बालबालिकाका सवालहरु नितिमा समाबेश, लागुऔषध नियन्त्रणका कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

स्वास्थ शाखा सहायक लक्ष्मी चौधरी पोषणमैत्री पालिका हुन ४९ वटा सुचक मध्ये ३१ पार गरेको जानकारी दिनुभयो । जसमा शिक्षामा ६ वटा मध्ये ४ वटा, पशु स्वास्थ्यका ३ मध्ये २, कृषि विकासका ४ मध्ये २, महिला तथा बालबालिकामा ५ मध्ये २ र खानेपानी तथा सरसफाईमा ५ मध्ये ४, शासकीय प्रवन्धमा १० मध्ये ८ र स्वास्थ्यमा १६ मध्ये ९ वटा सुचक पुरा भएको जानकारी दिनुभयो ।
सहायक चौधरीले गाउँभर क्लिनिक संचालनका लागी सबै ठाउँमा भवन नभएकोले पोषण लेखाजोखा गर्न कठिनाई भएको, स्थानीय सरकारले पोषण कार्यक्रमलाई प्राथमिकतामा नराखेको, पोषण कोशेली कार्यक्रमका लागी प्रयाप्त बजेट नछुट्याएको, पिछडिएका, लोनिया, दलित, मुस्लिम, जागा र राजी समुदायका बालबालिकाहरुलाई पोषण लेखाजोखामा ल्याउन कठिनाई भएको जस्ता चुनौतीले सुचकहरु प्राप्त गर्न कठिनाई भएको स्वास्थ्य सहायक लक्ष्मी चौधरीले बताउनुभयो । 

नगर प्रमुख केवल चौधरीले बालमैत्री र पोषणमैत्री पालिका बनाउन नगरपालिकाले मात्रै नभै सरोकारवाला सबै पक्षले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाँले बाल समृद्धि भनेको कार्यक्रम सञ्चालन मात्रै नभै पोषित, सुरक्षित र सक्षम सके नसकेको कुरालाई जाँच गर्नुपर्ने बताउनुभयो । 

यार्डका कार्यक्रम संयोजक पिताम्बर पौडेलले समिक्षा कार्यक्रमको उद्देश्यबारे जानकारी  दिदैें बालमैत्री र पोषणमैत्री पालिका घोषणाका सुचकमा चुकेको कुरा प्रष्ट हुन र आगामी रणनिती बनाउन सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

स्वास्थ्यकर्मी छत्र बुढाले गाउँघर क्लिनिकको अवस्था नाजुक भएको बताउनुभयो । उहाले भवन नहुँदा खुल्ला रुपमा भ्याक्सिन लगाउदा भ्याक्सीनको प्रभावकारिता नहुने र यसले बालमैत्री स्थानीय शासन घोषणामा समस्या भएको सुझाव दिनुभयो । 

शान्ति पुनस्थापना केन्द्रका पुनम विश्वकर्माले पढ्दै गरेका किशोरकिशोरीहरु पैसा कमाउन अभिभावक र ठेकेदारसँग भारत गैरहेकोले उनिहरुलाई काउन्सिलिङ गर्न गाह्रो भएको बताउनुभयो । 
स्वास्थ्य शाखा प्रमुख कैलाश डंगौराले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख रिजु चुकाहाले गर्नुभएको थियो । 

वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा यार्ड नेपालको सहकार्यमा बाल समृद्धि र एकिकृत विकासका लागि हातेमालो परियोजना अन्र्तगत नगरपालिकाको आयोजनामा समिक्षा कार्यक्रम गरिएको हो ।

प्रतिकृया दिनुहोस

चिनियाँ दूतावासद्वारा महुन्याल मावि भजनीलाई शैक्षिक सामग्री सहयोग

# समाचार

१५ भदौ, २०८३

नेपालस्थित चिनियाँ दूतावासले कैलाली र कञ्चनपुरका दुई संस्थालाई सहयोग गरेको छ । दूतावासको ‘उज्यालो भविष्य’ कार्यक्रम अन्तरगत भजनीसिथ्त महुन्याल

भानु पुस्तकालय सत्तीले १९ औं राष्ट्रिय पुस्तकालय दिवस मनायो

# समाचार

१५ भदौ, २०८३

१९ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीले प्रभात फेरी गरेको छ । “बाल, युवा र बृद्ध पुस्तकालय सबैको

राष्ट्रिय माध्यामिक विद्यालय नारायणपुर बेलुवामा नागरिक आवाज तथा कर्तब्य समुह गठन

# समाचार

११ भदौ, २०८३

टीकापुर नगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय माध्यामिक विद्यालय नारायणपुर बेलुवामा नागरिक आवाज तथा कर्तब्य समुह गठन गरिएको छ । वल्र्डभिजन