दबाब बढेपछि बजेट खर्च गर्ने अख्तियारी
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले आर्थिक वर्ष सुरु भएको करिब साढे दुई महिनापछि बजेट खर्चको अख्तियारी दिनुभएको छ ।
स्थानीय तहको बजेट खर्च गर्न नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई खर्चको अख्तियारी दिनुपर्ने व्यवस्था छ तर नगरसभा हुँदाका बखत आफू उपस्थित नभएकाले पुनः नगरसभा हुनुपर्ने तर्क गर्दै आउनुभएका नगार्जीले अन्ततः खर्चको अख्तियारी दिनुभएको हो ।
कार्यपालिका सदस्यहरुले भदौ १७ गते नै खर्चको अख्तियारी दिन लिखित निर्णय गरेपनि नगार्जीले मान्नु भएको थिएन । बजेट अख्तियारी नदिदा दैनिक कार्यालय सञ्चालन, कर्मचारी तलव, सामाजिक सुरक्षा लगायतका खर्च हुन सकेका थिएनन् । केही दिन अघि सर्वदलीय भेलाले बजेट खर्चको अख्तियारी दिन वा काम नगर्ने भए राजीनामा माग गरेका थिए भने सोमबार दिवा खाजाको रकम पनि भुक्तानी नभएको भन्दै नगरका विद्यालयका प्रधानाध्यापकहरुले एकैसाथ नगरपालिकामा धर्ना र कार्यपालिका सदस्यलाई दवाव दिनुभएको थियो । यस्तै टीकापुर नगरपालिकाका युवाहरुले पनि दवाव दिएपछि कार्यवाहक प्रमुखले अख्तियारी पत्र लेखेर दिनु भएको हो ।
कार्यवाहक प्रमुख नगार्जीले आफ्नो माग नगर सभा भएपनि जनताको समस्या देखेर अख्तियारी दिएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले बजेट अख्तियारी आएपछि बिस्तारै सामाजिक सुरक्षा भत्ता, शिक्षक कर्मचारीका तलव भत्ता भुक्तानी दिने काम शुरु गरिने र दशैं अगावै खर्च प्रणाली नियमित हुने बताउनुभयो ।
मुद्दा मामिला नगर्ने, २०८३ भदौ १७ गतेको कार्यपालिकाको निर्णय हिउदे अधिवेशनमा पारित गर्ने भन्ने कागज दिए मैले हस्ताक्षर गरिदिएको बलिराम चौधरीले बताउनुभयो ।
टीकापुर नगरपालिकामा नगर प्रमुख र उपप्रम्ख दुवै पद खाली भएपछि वि.सं. २०८२ फागुनमा कार्यवाहक नगर प्रमुख चुनिनु भएका नगार्जीलाई २०८३ जेठ १४ गतेको कार्यपालिका बैठकले पदबाट हटाई बलिराम चौधरीलाई नयाँ कार्यवाहक नगरप्रमुख चुनेको थियो । सो निर्णय विरुद्ध नगार्जी अदालत गएपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै टीकापुर नगर कार्यपालिकाको जेठ १४ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै रोक लगाएको छ । यसको सुनवाई आगामी माघमा हुनेछ ।
कार्यपालिकाका बहुमत सदस्यले नगार्जीलाई हटाइसकेको तर अदालतले अर्को कार्यवाहक प्रमुख चुन्ने कार्यपालिकाको निर्णय कार्यान्वयन नगर्नु भनेपछि असार १७ गते सभाका ज्येष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा नगर सभा भई आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति कार्यक्रम र एक अर्ब तीन करोडको बजेट पारित गरेको थियो ।
जानकी गाउँपालिकामा स्मार्ट सौचालयको उद्घाटन
# स्थानीय तह
१४ असोज, २०८३
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले मानिस स्वस्थ्य रहनको लागि सरसफाईमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ । जानकी गाउँपालिका वडा नं ३ मा
सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण
# स्थानीय तह
१४ असोज, २०८३
सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम टीकापुरमा शुरु भएको छ । चार दिने तालिममा टोल विकास संस्थाका २० देखि ३५ वर्ष
भजनी नगरपालिकामा बाल तथा पोषणमैत्री स्थानिय शासनको सूचक पार गर्ने प्रयास जारी
# स्थानीय तह
११ भदौ, २०८३
भजनी नगरपालिकामा बाल तथा पोषणमैत्री स्थानिय शासनको प्रगती समिक्षा गरिएको छ । २०८३ असोज सम्म बालमैत्री स्थानिय शासन पालिका घोषणा गर्ने लक्ष्य लिएको





प्रतिकृया दिनुहोस