सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण
सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम टीकापुरमा शुरु भएको छ । चार दिने तालिममा टोल विकास संस्थाका २० देखि ३५ वर्ष उमेर समुहका ३५ जना सहभागी छन् । टीकापुरमा स्थानीय शुसासन सुधारका लागि टोल विकास संस्था सशक्तिकरण कार्यक्रम सञ्चालनमा छ । टीकापुरमा २ सय ६४ टोल विकास संस्था, १२ वटा वडास्तरीय सञ्जाल र १ नगर स्तरीय सञ्जाल रहेका छन् ।
प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले सरकार एक्लैले मात्र विकास गर्न नसक्ने भएकाले टीकापुरमा टोल विकास संस्थाले गरेका कार्य उत्साहजनक पाएको बताउनुभयो । अहिले संघसंस्थाको सहयोग भइरहेको भए पनि आउँदा दिनमा टोल विकास संस्थाका कामलाई नमूनाका रुपमा सरकार आफैले सञ्चालन गर्नुपर्ने बताउँदै साझेदारीमा समेत काम गर्न पहल गर्ने बताउनुभयो ।
सरकारसँगै हरेक नागरिक पनि जवाफदेही हुनुपर्नेमा जोड दिँदै नागरिकले पनि आफ्नो जिम्मेवारी र भूमिका बिर्सन नहुने र जवाफदेही हुनुपर्ने बताउनुभयो ।
अधिृकत बास्तोलाले सरकार र नागरिक सँगसँगै अघि बढेमा विकासमा सहज हुने बताउँदै सरकारले गरेका विकास संचरनाको संरक्षण गर्ने दायित्व नागरिकको भएकाले सरकार र नागरिकबीच समन्वय तथा सहकार्यको काम टोल विकास संस्थाले गरिरहेको बताउनुभयो ।
सहकर्मी समाजका कार्यक्रम अधिकृत नवराज जैसीले टोल विकास संस्थामा भएका युवालाई स्थानीय सरकारको सामाजिक जवाफदेहिता सम्बन्धीका औजार प्रयोगका लागि नागरिक जिम्मेवार र सरकारलाई जवाफदेही बनाउन सामुदायिक प्रशिक्षक तयार गर्न थालिएको बताउनुभयो ।
उहाँले आउँदा दिनमा तालिम प्राप्त युवाले स्थानीय संघसंस्थाको सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यमा सघाउन सक्ने बताउनुभयो ।
सहकर्मी समाजको आयोजना, टीकापुर नगरपालिकाको समन्वय तथा अष्ट्रेलियन सरकार र द एसिया फाउन्डेसनद्धारा सञ्चालित स्थानीय सरकार सवलिकरण कार्यक्रमको सहयोगमा प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।
शेयर सदस्यलाइ सहुलियत दिन नवजीवनद्वारा अस्पतालसँग सम्झौता
# समाचार
१४ असोज, २०८३
टीकापुर / नवजीवन सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरूको सहुलियतमा स्वास्थ्य सेवा दिन विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको छ टीकापुर क्षेत्रका
वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापन
# समाचार
१४ असोज, २०८३
वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण भएको छ । गएको १० गते भएको निर्वाचनबाट
रोशनी जैसीद्धारा विपन्न बालबालिकालाई स्टेशनरी र सरसफाई सामग्री सहयोग
# समाचार
१४ असोज, २०८३
मालिका स्टील उद्योगका प्रमुख कार्यकारी अधिकृत रोशनी जैसीले विपन्न बालबालिकालाई स्टेशनरी र सरसफाई सामग्री सहयोग गर्नुभएको छ । स्टील उद्योग





प्रतिकृया दिनुहोस