नेपाली काँग्रेसको १५औ महाधिवेशनका लागि क्षेत्रस्तरका निर्वाचन पूरा
टीकापुर / नेपाली काँग्रेसको १५औ महाधिवेशनका लागि कैलाली क्षेत्र नं १ बाट सबै तहका नेतृत्व र प्रतिनिधि चयनको काम सकिएको छ ।
क्षेत्रीय अधिवेशनले कैलाली क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा टेकेन्द्र धामीलाई निर्वारोध चयन गरेको छ । प्रदेश सभा क्षेत्र क सभापतिमा चुन्नीलाल चौधरी, प्रदेश सभा ख सभापतिमा शेरबहादुर साउँद चयन हुनु भएको छ ।
टीकापुर नगर कार्यसमिति सभापतिमा झनकराज तिमिल्सिना, जानकी गाउँ कार्यसमिति सभापतिमा श्याम चौधरी, जोशीपुर गाउँ कार्यसमिति सभापति राजकुमार चौधरी, भजनी नगर कार्यसमिति सभापति अनिता चौधरी चयन हुनु भएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा खुलातर्फ सबैभन्दा बढि मत पाइ कल्पेश कुँवर निर्वाचित हुनुभएको छ । त्यसपछि प्राप्त मतका आधारमा क्रमशः प्रकाश शाह, आनन्द हमाल, चेतमान खत्री, फकिरसिंह कडायत, बलिराम चौधरी, नारायणदत्त मिश्र, रणबहादुर रावल, चिरञ्जीवी खनाल, नृपबहादुर खड्का निर्वाचित हुनु भएको छ । हमाल टीकापुर उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष हुनुहुन्छ । कडायत टीकापुर विकास सिमितका पूर्व अध्यक्ष एवं तत्कालीन नारायणपुर गाविकास अध्यक्ष हुनुहुन्छ । चौधरी टकापुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हुनुहुन्छ । मिश्र राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ ।
महिलातर्फ ईश्वरीदेवी न्यौपाने, ललिता सुनार, केशरी कुमारी रावल बिष्ट, दिपकदेवी न्यौपाने चयन हुनु भएको छ । थारु महिला कोटामा गीता कठरीया, गंगादेवी चौधरी, सुदेसनी चौधरी चयन हुनु भएको छ । थारु पुरुष कोटामा जनकराज चौधरी, बुद्धिसागर चौधरी, परशुराम महतौ चयन हुनु भएको छ । न्यौपाने पूर्व सांसद हुनुहुन्छ । सुनार सुदूरपश्चिम प्रदेश सभा सदस्य हुनुहुन्छ । विष्ट टीकापुर नगरपालिकाको पूर्व उपप्रमुख हुनुहुन्छ । न्याैपाने जानकी गाउँपािलिकाको पूर्व कार्यपालिका सदस्य हुनुहुन्छ । कठरिया जोशीपुर गाउँपालिकाका पूर्व उपाध्यक्ष हुनुहुन्छ । जनकराज र बुदिसागर पूर्व सांसद हुनुहुन्छ ।
अल्पसंख्यक मुस्लिमबाट आदिल हुसेन, अल्पसंख्यक दलितबाट उमा वादी, दलितबाट राजेश कुमार टमट्टा, दलित महिलामा सुशिला वि.क. टमट्टा, श्रमिकबाट पत्रकार परमानन्द पाण्डे, अपाङ्गबाट प्रकाश बम युवाबाट प्रियंका चौधरी चयन हुनुभएको छ ।
यस्तै प्रजातन्त्र सेनानी जंगबहादुर साउँद, पेशागत विषयविज्ञमा अधिवक्ता विर्ख बहादुर रावल, युवामा नविन अधिकारी, सन्तोष खड्का, खसआर्य पुरुषबाट दत्तबहादुर बिष्ट, विष्णुप्रसाद गौतम र खसआर्य महिलाबाट सुनिता अधिकारी चयन हुनु भएको नेपाली काँग्रेसले जनाएको छ ।
इतिहासबाट पाठ सिक्दै टीकापुरको समृद्धिः जनप्रतिनिधिहरु
# राजनीति
८ भदौ, २०८३
२०७२ साल भदौ ७ गते टीकापुरमा भएको र्हिसात्मक घटना, भदौ ८ गते भएको आगजनी र त्यस यताका मुद्दाका श्रृखलाबाट पाठ सिक्दै अब टीकापुरको समृद्धिका काम
एक चाैथाइको मागबाट सभा बोलाउने प्रयास गरिदै
# राजनीति
१० असार, २०८३
समयमै बजेट ल्याउने टीकापुर नगरपालिकाको यस वर्ष नगर सभा बस्न नसकेर बजेट नीति कार्यक्रम नै आउन सकेको छैन । असार १० गते स्थानीय सभामा बजेट पेश
रास्वपा सुदूरपश्चिमको सभापतिमा विष्ट निर्वाचित
# राजनीति
२ असार, २०८३
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इञ्जिनियर प्रकाश विष्ट निर्वाचित हुनु भएको छन् । यसअघि तदर्थ समितिको सभापति





प्रतिकृया दिनुहोस