जानकी गाउँपालिकामा स्मार्ट सौचालयको उद्घाटन
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले मानिस स्वस्थ्य रहनको लागि सरसफाईमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ । जानकी गाउँपालिका वडा नं ३ मा निर्माण भएको स्मार्ट सौचालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले सार्र्वजनिक ठाउँमा सार्वजनिक सौचालयको आवश्यक भएकोले पालिकाले स्मार्ट सौचालय निर्माणको लागि पहल गरेको बताउनु भयो ।
जानकी गाउँपालिका वडा नं ९का वडाध्यक्ष खकेन्द्र भण्डारीले यो खेलकुद स्थलमा पालिकाको पालिका स्तरयि खेलकुद हुँदा सौचालयको समस्या हुने भएकाले सौचालय निर्माणका लागि आफूले जोड दिएको बताउनु भयो ।
वडा नं ४ का वडाध्यक्ष दिपेन्द्र कठरियाले सार्वजनिक सौचालय बन्नु राम्रो काम भएको बताउनु भयो ।
जानकी गाउँपालिका वडा नं ३का वडाध्यक्ष सुरेश चौधरीले सौचालय निर्माणका लागि सहयोग गरेकोमा धन्यवाद दिनु भयो ।
कार्यपालिका सदस्य ईन्द्रा सोपले सौचालय निर्माणमा सुरुमा समस्या भएपनि यहाँका नागरिक, खेल खेल्ने बालबालिकालाई सजिलो हुने भएकोले आफूहरुले निर्माणको लागि पहल गरेको बताउनु भयो ।
हजारी खानेपानीका अध्यक्ष लालबहादुर थापाले सार्वजनिक सौचालयको निर्माण संगै यस ठाउँमा सार्वजनिक हल भएको भए कार्यक्रममा सहयोग पुग्ने बताउनु भयो ।
बरघर किशोर कुमार चौधरीले आफ्नो गाउँमा सौचालय बनाएको धन्यवाद दिदै संरक्षणमा चुनौती रहेको बताउनु भयो ।
सार्वजनकि सौचालय निर्मााण भएपछि स्थानिय नगारिक पनि खुशि भएका छन् ।
खानेपानी क्षेत्रगत सुशासन तथा पुर्वाधार सहयोग आयोजनाका टोली प्रमुख जयराज पन्त लगायतले जानकी गाउँपालिकाले योजना बनाएर अगाडी बढ्न आवश्यक रहेको बताउदै आयोजनाबाट सहयोग रहने बताउनु भयो ।
अञ्जु बैद्यले स्वागत गर्नु भएको कार्यक्रम संचालन अनिल कुमार कुश्मिले गर्नु भएको थियो । जानकी गाउँपालिका वडा नं ३ र ८ मा पालिकाले सार्वजनिक सौचालय निर्माण गरेको छ । सौचालय खानेपानी क्षेत्रगत सुशासन तथा पुर्वाधार सहयोग आयोजना अन्र्तगत १ करोड ५६ लाख ९९ सय हजार ७ सय ५६ रुपैयाको लागि निर्माण भएका हुन् ।
सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण
# स्थानीय तह
१४ असोज, २०८३
सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम टीकापुरमा शुरु भएको छ । चार दिने तालिममा टोल विकास संस्थाका २० देखि ३५ वर्ष
दबाब बढेपछि बजेट खर्च गर्ने अख्तियारी
# स्थानीय तह
१४ असोज, २०८३
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले आर्थिक वर्ष सुरु भएको करिब साढे दुई महिनापछि बजेट खर्चको अख्तियारी दिनुभएको छ
भजनी नगरपालिकामा बाल तथा पोषणमैत्री स्थानिय शासनको सूचक पार गर्ने प्रयास जारी
# स्थानीय तह
११ भदौ, २०८३
भजनी नगरपालिकामा बाल तथा पोषणमैत्री स्थानिय शासनको प्रगती समिक्षा गरिएको छ । २०८३ असोज सम्म बालमैत्री स्थानिय शासन पालिका घोषणा गर्ने लक्ष्य लिएको





प्रतिकृया दिनुहोस