जनप्रकाश आधारभूत विद्यालय बाघमाराको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाइ
टीकापुर ४ बाघमारास्थित जनप्रकाश आधारभूत विद्यालयको आर्थिक वर्ष २०८२÷८३ को सामाजिक परीक्षण प्रतिवेदन तथा सार्वजनिक सुनवाई कार्यक्रम भएको छ । कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीले बालापनको उमेर फेरि नआउने भएकाले पढाइमा ध्यान दिन बालबालिकालाई अनुरोध गर्नुभयो ।
अवस्थीले विद्यालयको सिकाई उपलब्धि पनि सुधार भएको र समग्र मूल्याङ्कन ९० प्रतिशत माथि हुनु खुशीको कुरा भएकाले आउँदा दिनमा बचाइ राख्न अनुरोध गर्नुभयो ।
अवस्थीले विद्यालयको शैक्षिक विकासका लागि अभिभावकको साथ चाहिने बताउँदै नियमित विद्यालय आउने, कक्षामा पढाइमा ध्यान दिने र गृहकार्य नियमित गरेमा सिकाई सुधार हुने बताउनुभयो । उहाँले यो विद्यालयलाई टीकापुर नगरपालिकाले नमुना विद्यालयका रुपमा विकास गर्ने सोच बनाएको बताउनुभयो ।
कार्यक्रममा टिकापुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालवीर चौधरीले विद्यालयको विकासका लागि सरकार, विद्यालयको उपस्थिति र प्रयास जारी रहेको बताउँदै विद्यालयको थप विकासका लागि अभिभावकको साथ र उपस्थिति पनि आवश्यक रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक रघुनाथ उपाध्यायले विद्यालयको भौतिकसँगै शैक्षिक विकासका लागि विभिन्न प्रयासहरू गरिरहेको बताउँदै आगामी दिनमा बालबालिकाको शैक्षिक सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन, शिक्षकको क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा लगानी गरिने बताउनुभयो ।
कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा समिति सदस्य जोगी रावलले टिकापुरमा आधारभूत तहमा कक्षा ८ सम्म अध्यापन गराउने छ वटा विद्यालय रहेकोमा यो विद्यालय उत्कृष्ट रहेको बताउनुभयो ।
विद्यालयका पूर्व प्रधानध्यापक ठाकुरप्रसाद चौधरीले विद्यालयमा महिला अभिभावकको उपस्थिति राम्रो हुने गरेको बताउँदै विद्यालयको विकासका लागि वडा अध्यक्ष र शिक्षा अधिकृतको सहयोग राम्रो मिलेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयको ९० लाख ३३ हजार ८६० बराबरको आयु प्रस्तुत गरिएको छ । शिक्षक देवाकुमारी चौधरीले सामाजिक परीक्षण प्राविधिक समितिको मूल्याङ्कन अनुसारको प्रतिवेदन सार्वजनिक गर्दै विद्यालयको समग्र सिकाई उपलब्धि २ दशमलव ६४% जिपिए रहेको, विद्यालयको समग्र मूल्याङ्कन ९० अङ्क प्राप्त गरेको बताउनुभयो ।
जनप्रकाश आधारभूत विद्यालयमा हाल २१५ जना विद्यार्थी अध्ययनरत छन् । गत वर्ष १९२ जना विद्यार्थी थिए । तीन वर्षदेखि अंग्रेजी माध्यमको समेत पढाइ सुरु गरेको विद्यालयमा कक्षा १ सम्म अंग्रेजी माध्यममा अध्यापन हुन्छ । अंग्रेजी माध्यम हरेक वर्ष नियमित रुपमा माथिल्लो कक्षामा लागू गरिँदै आइएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष कविता चौधरीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षक हरिकृष्ण चौधरीले गर्नुभएको थियो ।
शेयर सदस्यलाइ सहुलियत दिन नवजीवनद्वारा अस्पतालसँग सम्झौता
# समाचार
१४ असोज, २०८३
टीकापुर / नवजीवन सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरूको सहुलियतमा स्वास्थ्य सेवा दिन विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको छ टीकापुर क्षेत्रका
सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण
# समाचार
१४ असोज, २०८३
सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम टीकापुरमा शुरु भएको छ । चार दिने तालिममा टोल विकास संस्थाका २० देखि ३५ वर्ष
वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापन
# समाचार
१४ असोज, २०८३
वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण भएको छ । गएको १० गते भएको निर्वाचनबाट





प्रतिकृया दिनुहोस