• २२ असोज २०८३ बिहीबार/ Thursday 10-08-2026
  • स्टुडियो टाईम : ०४:३५

विपतपछि दिइने राहतको अन्तराष्ट्रिय मापदण्ड के ?

विपतमा परेका नागरिकलाई उद्धारपछि राहात र आवास उपलब्ध गराउदा  अन्तराष्ट्रिय मापदण्ड अनुसार उपलब्ध गराउनु पर्छ । वर्षेनी विपत आउने नेपाल जस्ता देशका लागि यो मापदण्ड बारे थाहा हुन जरुरी छ । विपतमा प्रभावित हुने यहाँका नागरिकलाई विभिन्न तहका सरकार र दातृ निकायबाट राहात उपलब्ध पनि गराइ रहेको छ । हालसम्म दिइएका राहात हेर्दा कतिपय राशात न्यायोचित नभएकाे पनि देखिन्छ । आइतबार टीकापुरमा विपतपछि प्रभावितलाई  आवश्यक पर्ने सरसफाइ, राहात तथा आवासको अन्तराष्ट्रिय मापदण्डका बारेमा छलफल गएको छ ।

छलफलमा परिवारको सङख्याका आधारमा नभई घरधुरीको आधारमा वितरण गर्दा न्यायोजित नभएको सवाल उठेको छ । विपतमा परेका नागरिकलाई राहात दिन बनाएको स्पेयर मापदण्डका बारेमा जानकारी दिन टीकापुर र जानकी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सहभागी कार्यक्रममा यस्तो सवाल उठेको हो । सन् १९९४ मा रुवाण्डामा भएको जातीय द्वन्द्वले लाखौं मानिस मारिएका र २० लाख मानिस विस्थापित भएपछि विस्थापितहरुलाई राहात दिन बनाइएको मापदण्ड स्पेयर मापदण्ड हो जुन  हाल संसारभर अभ्यासमा छ ।

स्पेयर मापदण्ड विपत र द्वन्द्वबाट उत्पन्न मानवीय पीडालाई निवारण गर्न हरसंभव पाइला चालिनु पर्छ भन्ने मान्यताका साथ विपतमा परेका मानिसलाई खानेपानी सरसफाइ, स्वास्थ्य प्रवद्र्धन, खाद्य सुरक्षा पोषण, आवास र स्वास्थ्य गरी चारवटा सहयोग हुनुपर्छ यस्तो सहयोग मापदण्ड अनुसारको हुनुपर्ने र अर्को विपत नआओस भनेर योजना बनाइने कार्यक्रम रहेको  चेतमान साउदले बताउनुभयो । 
दिगो विकास समाज भजनीको आयोजनामा भएको कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरले विपद्ले दुख ल्याउने भएकाले दुखका बेलना पनि मानवीय जीवन सहज बनाउन बनेको अन्तराष्ट्रिय मापदण्ड पालना हुनुपर्ने बताउनुभयो । उपाध्यक्ष लालमतीदेवी कठरियाले छलफल कार्यक्रमले राहात वितरण गर्ने क्रममा कर्मचारी वा जनप्रतिनिधिबाट राजनीति पूर्वाग्रह, आफन्त पराइ जस्ता भावनाले प्रभावित नभइ मानवताको नाताले राहात पुनस्थापनाका काम हुनुपर्छ भन्ने बुझाइ प्रष्ट भएको बताउनुभयो ।
टीकापुर नगरपालिका -१ का वडाध्यक्ष मोहन विकले विपतमा राहात व्यवस्थापन गर्ने नगरपालिकाको आफ्नै विधिहरु रहेका र त्यसमा रहेका कमीहरु पहिचान भएकाले राष्ट्रिय मापदण्ड र हाम्रा सिकाइलाई प्रयोग गर्दा एकरुपता आउने बताउनु भयो । दिगो विकास समाज भजनीका अध्यक्ष आशा चौधरीले विपतमा परिचालन हुने पहिलो निकाय स्थानीय तह भएकाले स्पेयर मापदण्डबारे थाह पाउन विपत जोखिम न्यूनीकरण र क्षति विश्लेषणमा सहयोग पुग्ने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

भेरी साहित्य समाज कैलाली शाखा अध्यक्षमा भण्डारी चयन

# समाज

५ असोज, २०८३

टीकापुर/ भेरी साहित्य समाज कैलाली जिल्ला शाखाको दोस्रो अधिवेशनले दुर्गाप्रसाद भण्डारीलाई अध्यक्ष चयन गरेको छ । आइतबार टीकापुरमा सम्पन्न

टीकापुर बालगृहका बालबालिकाको शैक्षिक प्रगति राम्रो

# समाज

४ असोज, २०८३

सीमाविहीन स्वयं सेवक संस्था र टीकापुर बालगृहको सामाजिक परीक्षण गरिएको छ । २५ जना बालबालिकाहरू आवासीय रूपमा पढिरहेका टीकापुर बालगृहका आधारभूत

शिक्षा स्वास्थ्यमा ठूलो लगानी भएपनि बालविवाह नियन्त्रण चुनौतीपूर्ण

# समाज

२१ भदौ, २०८३

भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बालबालिकाको शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गरे पनि बालमैत्री पालिका बनाउन पूरा गर्नुपर्ने सूचकहरु पूरा

↑