• ८ कार्तिक २०८३ शनिबार/ Saturday 10-24-2026
  • स्टुडियो टाईम : ०२:५१

शीत भण्डार व्यवस्थापन समितिको अध्यक्षमा शाह र बजगाईको दावी

टीकापुरमा स्थापित सित भण्डार गृहको सञ्चालन तथा व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ।
वैशाख २७ गते सुरु भएको साधारण सभा सङ्ख्या नपुगी स्थगित भएकोमा जेठ १० गते अर्को सभा बसेको हो। सभामा गणपुरर्क सङ्ख्या पुगेपछि व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया अगाडि बढेको हो।
शित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको ११ सदस्य कार्यसमितिका लागि तीनजना महिला सदस्य दुईजना खुला सदस्य एकजना दलित सदस्य र सहसचिव पदका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये केहीले मनोनयन पत्र फिर्ता लिएपछि निर्विरोध निर्वाचित हुने भएका छन् ।
अध्यक्ष पदमा निरबहादुर शाह र कृष्णप्रसाद बजगाईको उम्मेदवारी परेको छ उपाध्यक्ष पदमा चतुरप्रसाद खनाल र संगम शाहको उम्मेदवारी परेको छ। सचिव पदमा धनीराम चौधरी दिनेश कुमार थारुको उम्मेदवारी परेको छ। कोषाध्यक्ष पदमा जनक कुमारी चौधरी र हिरा चौधरीको उम्मेदवारी परेको छ । 
पदाधिकारीमा आवश्यकभन्दा बढी उम्मेदवारी परेकोले सोमबारसम्म सहमतिको प्रयास गरिने तर सहमति नभएमा मङ्गलबार बिहान ८ बजेबाट मतदान गराइने निर्वाचन संयोजक कुमारराज शाहीले जानकारी दिनुभयो । दश हजार रुिपयाँको शेयर बराबर एक जना पार्षदका हिसावले् ६८९ जना प्रतिनिधि रहेका छन् । पार्षद सदस्यहरुले दुई दिन साधारण सभाका लागि समय खर्च भैसकेकाले सहमतिका आधारमा नेतृत्व छानिनु पर्ने सुझाव दिएका छन् ।
रानी जमरा कुलरिया सिचाइ आयोजना, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, सिँचाइको कमाण्ड क्षेत्रका जल उपभोक्ताको संयुक्त लगानीमा टीकापुरमा शीत भण्डार गृह स्थापना भएको छ । 
 

प्रतिकृया दिनुहोस

अब दौलतपुर पनि पर्यटकीय गन्तव्य

# विकास / पर्यटन

७ कार्तिक, २०८३

टीकापुर पार्क नजिकै रहेको दौतलपुरघाट पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको छ । टीकापुर पार्क नजिकै रहेको दौलतपुरघाटमा झोलुङ्गे पुल बनेपछि यसलाई

कैलालीको दुर्गौलीमा दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला शुरु

# विकास / पर्यटन

२२ असोज, २०८३

जानकी गाउँपालिकाको दुर्गौली बजारमा व्यापारिक सन्ध्याकालीन मेला–२०८३ शुरु भएको छ । दुर्गौली बजारको आयोजनामा शुरु भएको मेलालाई सुदुरपश्चिम

जानकी गाउँपालिकामा स्मार्ट शौचालयको उद्घाटन

# विकास / पर्यटन

१४ असोज, २०८३

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले  मानिस स्वस्थ्य रहनको लागि  सरसफाईमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ । जानकी गाउँपालिका वडा नं ३ मा

↑