• ८ कार्तिक २०८३ शनिबार/ Saturday 10-24-2026
  • स्टुडियो टाईम : ०१:५६

अब दौलतपुर पनि पर्यटकीय गन्तव्य

टीकापुर पार्क नजिकै रहेको दौतलपुरघाट पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको छ । टीकापुर पार्क नजिकै रहेको दौलतपुरघाटमा झोलुङ्गे पुल बनेपछि यसलाई अवलोकन गर्न आउनेको आँखामा दौलतपुर परेको छ ।
टीकापुर पार्कबाट दक्षिण, सत्ती बजारबाट उत्तर, अस्नेहरीबाट सिधै पूर्व र राजापुर नगरपालिकाबाट पश्चिम पर्ने दौलतपुरबाट सडकले जोडिएको ठाउँ हो । यहाँ नुक्लिपुर, मनिकापुरबाट रानीमहलको बाटोमा पुगेर पनि जान सकिन्छ । पूर्वपश्चिम राजामर्गबाट आउने पर्यटकले लम्की–टीकापुर हुँदै जानुपर्छ भने हुलाकी राजमार्ग भएर आउने मानिसले सत्तीबाट सिधै उत्तर आउनुपर्छ । मोटर साइकलमा आउने मानिसले राजापरको दौलतपुरबाट झोलुङ्गे पुल भएर पनि आउन सकिन्छ । 
पछिल्लो समय टीकापुर नगरपालिको धार्मिक क्षेत्रको रुपमा विकास गर्ने र विशाल हनुमानको मूर्ति स्थापना गर्ने लक्ष्य राखेकाले यो क्षेत्रमा मानिसहरुको आवातजावत बाक्लिन थालेको छ ।
सामाजिक सञ्जालमा पुल बनेको दृश्य देख्नु भएका लम्कीका किरण बजागाई साथीभाइहरु लिएर बनभोज खान आउँदा यहाँको निर्मल कर्णाली नदीको पानी र झोलुङ्गे पुलको दृश्य देख्दा बनभोजका लागि उत्तम ठाउँ लागेको बताउनुहुन्छ । टीकापुर पार्कमा आइरहनु हुने भल्काका रणबहादुर रावल पाचौंचोटि आउँदा दौलतपुर पुगेको र अरुलाई पनि एक पटक दौलतपुर पुग्न सुझाव दिनुहुन्छ । 
यहाँको पर्यटन विकासका लागि टीकापुर पार्कलाई बिस्तार गरी निजी क्षेत्रलाई आकर्षित गराउने थुप्रै प्रयास भए पनि त्यस्तो परियोजना शुरु हुन सकेको छैन् । पार्क नजिकै रहेको रहेको दौलतपुरलाई पर्यटकीय केन्द्र बनाउन लाग्नु भएका कालु हमाल यसको भविष्य राम्रो हुने बताउनुहुन्छ । ‘कुनै दिन नेपालमा काठमाडौं, पोखरा पछि धेरै पर्यटकको भीड लाग्न्े ठाउँ टीकापुर बन्नु सक्छ,’ हमाल भन्नुहुन्छ, ‘अहिले यसको प्रचार प्रसार गर्ने समय भएकाले चिया म खुवाउछु स्थानीयले पनि शुरुवातमा मर्निङ वाक, इभिनिङ वाक गर्ने स्थान बनाउनु पर्छ ।’
दौलतपुरघाटमा पर्यटक विसौनी, बनभोज स्थल, रेष्टुरेन्टहरु खुल्न थालेका छन् ।  बनाना रेष्टुरेन्टले ३० जना जतिलाई खाना पकाउने भाँडा, दाउराको व्यवस्था गरेको छ । यहाँ आउनेलाई बनभोज स्थल प्रयोग गरे वापत कुनै भाडा नलाग्ने हमाल बताउनुहुन्छ ।


 

प्रतिकृया दिनुहोस

कैलालीको दुर्गौलीमा दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला शुरु

# विकास / पर्यटन

२२ असोज, २०८३

जानकी गाउँपालिकाको दुर्गौली बजारमा व्यापारिक सन्ध्याकालीन मेला–२०८३ शुरु भएको छ । दुर्गौली बजारको आयोजनामा शुरु भएको मेलालाई सुदुरपश्चिम

जानकी गाउँपालिकामा स्मार्ट शौचालयको उद्घाटन

# विकास / पर्यटन

१४ असोज, २०८३

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले  मानिस स्वस्थ्य रहनको लागि  सरसफाईमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ । जानकी गाउँपालिका वडा नं ३ मा

शीत भण्डार व्यवस्थापन समितिको अध्यक्षमा शाह र बजगाईको दावी

# विकास / पर्यटन

११ जेठ, २०८३

टीकापुरमा स्थापित सित भण्डार गृहको सञ्चालन तथा व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ। वैशाख २७ गते सुरु भएको साधारण सभा सङ्ख्या नपुगी

↑