कैलालीको दुर्गौलीमा दुर्गौली व्यापारिक सन्ध्याकालीन मेला शुरु
जानकी गाउँपालिकाको दुर्गौली बजारमा व्यापारिक सन्ध्याकालीन मेला–२०८३ शुरु भएको छ । दुर्गौली बजारको आयोजनामा शुरु भएको मेलालाई सुदुरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री इन्दिरा गिरीले उद्घाटन गर्नु भएको छ ।
मेलाको उद्घाटन गर्दै मन्त्रि गीरीले ठूला विकास भन्दा यस्ता किसीमका मेला महोत्सवले यहाँको उत्पादनको बजारीकरण हुने र युवाहरुले रोजगारी पाउने बताउनुभयो ।
मेलाले यहाँका उत्पादन र सांस्कृतिक सम्भावनालाई पहिचना गरेर अगाडी बढ्न सके पर्यटनको विकास हुने र त्यसले आयआर्जनमा पनि सघाउने बताउनु भयो ।
कार्यक्रममा दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान बमले दुगौली बजारको ढल निकास र सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने माग सतिह ज्ञापनपत्र बुझाउनु भएको छ ।
उद्घाटन सत्र कार्यक्रमको संचालन नवराज उपाध्यायले गर्नु भएको थियो । ‘कला, संस्कृति तथा व्यापार दुर्गौली बजारको मूल आधार’ भन्ने नारासहित बुधबारदेखि ३१ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मेलामा विभिन्न परिकारका खानाका स्टल, व्यापारिक तथा कृषि सामग्रीको प्रदर्शनी, स्थानीय कला–संस्कृतिको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम लगायतका गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न समुदायको सास्कृति झाँकीहरु सखिया नाच, मुंरहुवा नाच, झुम्रा नाच, बञ्चे बाजा लगायतको प्रस्तुती रहेको थियो ।
साँझको समयमा विशेष सांगीतिक कार्यक्रमसहित कलाकारहरूको प्रस्तुति रहने भएकाले मेला अवधिभर दुर्गौली बजारमा मनोरञ्जनको विशेष माहोल बन्ने अपेक्षा गरिएको छ । मेला साँझको समयमा हुने भएकाले व्यवस्थापन तथा सुरक्षाका लागि स्वंसेवक र प्रहरी परिचालन गरेको आयोजकले जनाएको छ ।

अब दौलतपुर पनि पर्यटकीय गन्तव्य
# विकास / पर्यटन
७ कार्तिक, २०८३
टीकापुर पार्क नजिकै रहेको दौतलपुरघाट पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको छ । टीकापुर पार्क नजिकै रहेको दौलतपुरघाटमा झोलुङ्गे पुल बनेपछि यसलाई
जानकी गाउँपालिकामा स्मार्ट शौचालयको उद्घाटन
# विकास / पर्यटन
१४ असोज, २०८३
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले मानिस स्वस्थ्य रहनको लागि सरसफाईमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ । जानकी गाउँपालिका वडा नं ३ मा
शीत भण्डार व्यवस्थापन समितिको अध्यक्षमा शाह र बजगाईको दावी
# विकास / पर्यटन
११ जेठ, २०८३
टीकापुरमा स्थापित सित भण्डार गृहको सञ्चालन तथा व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ। वैशाख २७ गते सुरु भएको साधारण सभा सङ्ख्या नपुगी





प्रतिकृया दिनुहोस