वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापन
वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण भएको छ । गएको १० गते भएको निर्वाचनबाट निर्वाचित कार्यसमितिको आज पदस्थापन तथा सपथ ग्रहण भएको हो । नव निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक दण्डपाणी पोख्रेलले सपथ ग्रहण गराउनु भयो ।
सपथ ग्रहण तथा पदस्थापन पछि नव निर्वाचित अध्यक्ष धनन्जय प्रसाद रिमालले आफू वीरेन्द्र विद्यामन्दिर क्याम्पसको विद्यार्थी हुँदै, स्ववियु सभापति, व्यवस्थापन समितिको सदस्य र अहिले व्यवस्थापन समितिको अध्यक्ष बनाएकोमा सबैलाई धन्यवाद दिनुभयो ।
अध्यक्ष रिमालले क्याम्पसमा अवको चुनौति भनेको शैक्षिक गुणस्तरको विकास गर्नु रहेको भन्दै आफू शैक्षिक गुणस्तर विकासमा लाग्ने र क्याम्पस प्रशासन तथा प्राध्याकपहरुका साथै अन्य सबै सरोकारवालाहरुले पनि साथ दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष नवराज रावल, ललित थापा, निवर्तमान अध्यक्ष महेन्द्रसिंह बम, विरेन्द्र साउँद, जगदिश्वर पण्डित, क्याम्पस प्रमुख हर्क भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शुभकामना मन्तव्य राख्ने व्यक्तिहरुले अहिलेको व्यवस्थापन समितिले क्याम्पसको भौतिक विकास भन्दा पनि गम्भीर भएर गुणस्तरमा जोड दिन सुझाव दिएका छन् ।
निर्वाचन समिति सदस्य द्धारीका भण्डारीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दयाराम सञ्ज्यालले गर्नु भएको थियो ।
कार्य समितिका सदस्यमा महिलातर्फ रेखा अधिकारी, दलिततर्फ राजेशकुमार टमट्टा, जनजातितर्फ किशनलाल डगौरा थारू सर्वसम्मत हुनुभएको छ । खुला ५ जना सदस्यतर्फ बीरेन्द्रबहादुर साउँद, केशरसिंह ठकुरी, नवीन अधिकारी, धर्मबहादुर बिष्ट र झपटबहादुर बुढा चयन हुनुभएको थियो । कार्यसमितिको पहिलो बैठकले व्यवस्थापन समितिको उपाध्यक्षमा बिरेन्द्र साउँदलाई नियुक्त गरेको छ ।
शेयर सदस्यलाइ सहुलियत दिन नवजीवनद्वारा अस्पतालसँग सम्झौता
# समाचार
१४ असोज, २०८३
टीकापुर / नवजीवन सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरूको सहुलियतमा स्वास्थ्य सेवा दिन विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको छ टीकापुर क्षेत्रका
सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण
# समाचार
१४ असोज, २०८३
सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम टीकापुरमा शुरु भएको छ । चार दिने तालिममा टोल विकास संस्थाका २० देखि ३५ वर्ष
रोशनी जैसीद्धारा विपन्न बालबालिकालाई स्टेशनरी र सरसफाई सामग्री सहयोग
# समाचार
१४ असोज, २०८३
मालिका स्टील उद्योगका प्रमुख कार्यकारी अधिकृत रोशनी जैसीले विपन्न बालबालिकालाई स्टेशनरी र सरसफाई सामग्री सहयोग गर्नुभएको छ । स्टील उद्योग





प्रतिकृया दिनुहोस