रास्वपालाई प्रत्येक्ष भन्दा समानुपातिकमा झन बढी मत
कैलाली क्षेत्र नम्बर १ मा रास्वपालाई प्रत्येक्ष भन्दा समानुपातितर्फ चार हजार ३७८ मत बढी प्राप्त भएको छ ।
समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार २०४ मत प्राप्त गरेको छ । यहाँ रास्वपाका उम्मेदवार कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेपाली कांग्रेसले १० हजार ६४५, नेपाली कम्युनिस्ट पार्टीले छ हजार ८०७, नागरिक उन्मुक्ति पार्टी नेपालले ४ हजार ७१५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार दश मत, नेकपा एमालेले तीन हजार ७९० प्राप्त गरेको छ ।
यस्तै श्रम संस्कृति पार्टीले एक हजार ५४ मत, राष्ट्रिय परिवर्तन पार्टीले ९२० मत, नेपाल जनता संरक्षण पार्टीले २०५, प्रगतिशील लोकतान्त्रिक पार्टीले १५६ मत, सार्वभौम नागरिक पार्टीले १५५ मत, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १४१ मत, नेपाल कम्युनिस्ट पार्टी माओवादीले १२८ मत, जनमत पार्टीले १२३ मत प्राप्त गरेको छ । कुल ५७ पार्टीलाई मत प्राप्त भएकोमा अन्य दलहरुले एक सय मत कटाउन सकेका छैनन् ।
यहाँ समानुपातिकमा ५९ हजार ३११ मत खसेकोमा तीन हजार २५८ मत बदर भएको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिनुभयो ।
इतिहासबाट पाठ सिक्दै टीकापुरको समृद्धिः जनप्रतिनिधिहरु
# राजनीति
८ भदौ, २०८३
२०७२ साल भदौ ७ गते टीकापुरमा भएको र्हिसात्मक घटना, भदौ ८ गते भएको आगजनी र त्यस यताका मुद्दाका श्रृखलाबाट पाठ सिक्दै अब टीकापुरको समृद्धिका काम
एक चाैथाइको मागबाट सभा बोलाउने प्रयास गरिदै
# राजनीति
१० असार, २०८३
समयमै बजेट ल्याउने टीकापुर नगरपालिकाको यस वर्ष नगर सभा बस्न नसकेर बजेट नीति कार्यक्रम नै आउन सकेको छैन । असार १० गते स्थानीय सभामा बजेट पेश
रास्वपा सुदूरपश्चिमको सभापतिमा विष्ट निर्वाचित
# राजनीति
२ असार, २०८३
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इञ्जिनियर प्रकाश विष्ट निर्वाचित हुनु भएको छन् । यसअघि तदर्थ समितिको सभापति





प्रतिकृया दिनुहोस