इतिहासबाट पाठ सिक्दै टीकापुरको समृद्धिः जनप्रतिनिधिहरु
२०७२ साल भदौ ७ गते टीकापुरमा भएको र्हिसात्मक घटना, भदौ ८ गते भएको आगजनी र त्यस यताका मुद्दाका श्रृखलाबाट पाठ सिक्दै अब टीकापुरको समृद्धिका काम गर्नुपर्ने जनप्रतिनिधिहरुले बताएका छन् ।
थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर १ कैलालीको आयोजनामा टीकापुरमा भएको कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले यस्तो धारणा सार्वजनिक गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री खुशीराम डगौरा थारुले टीकापुर घटनाको स्मरण गर्दै निर्दोष सुरक्षाकर्मीको सहादत र संंविधानमा पहिचानको अधिकार माग्ने निहत्था थारू समुदायले मुद्दा खेप्नु परेको दुवै अवस्था गलत भएको बताउनुभयो । उहाँले धेरै केही अधिकार प्राप्त भएपनि पाउन बाँकी अधिकारका लागि आवाज बुलन्द गर्न नछाड्ने, मन्त्रीको हैसियतले सङ्घीयताको संरक्षण र जनपक्षीय कानुन बनाउने प्रतिवद्धता जनाउनुभयो ।
पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य लक्ष्मणकिशोर चौधरीले टीकापुर घटनाका कारण पछि परेको टीकापुरले क्षतिपूर्ति पाउनुपर्ने बताउनुभयो । ‘२०७४ मा निर्वाचत प्रतिनिधि रेशमलाल चौधरी जेल परेर टीकापुर क्षेत्र पाँच वर्ष पछि प¥यो, त्यसपछि उहाँको श्रीमतीलाई जिताएर छुटाउँदा समय गयो’ प्रदेश सभा सदस्य चौधरीले भन्नुभयो, ‘हामी प्रदेश सरकारमा आएका छौं यसपटक टीकापुरका लागि प्रदेशले प्रयाप्त बजेट दिनुपर्छ ।’ थारु बहुल क्षेत्रमा प्रयाप्त बजेट नदिए सुदूरपश्चिम प्रदेशमा बनेको ‘लाल सरकार’ ढालिदिने चौधरीले चेतावनी दिनुभयो ।
जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदिपकुमार चौधरीले संविधानमा पहिचानसहितको सघियता माग्दै आन्दोलन भैरहेको बेला टीकापुरमा दस वर्षे द्वन्द्वमा पनि नभोगेको अकल्पनीय घटना भएको र थारूहरूमाथि दोष थोपरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यही आन्दोलनको रापतापले रेशमलालले २०७४ मा चुनाव जिन्तुभयो, यहाँ जेल जेल परेपछि छुटाउन भन्दै उहाँका श्रीमतीलाई चुनाव जिताए पनि अहिले पार्टी र चुनाव चिन्ह नै हराएको बताउनुभयो ।’ थरुहट आन्दोलनका अगुवा माधव थारुले राज्यले थारुमाथि गरेको दमनको आक्रोश व्यक्त भएको टीकापुर घटनाको दिन जितको दिनको रूपमा मनाउनुपर्ने तर थारु आन्दोलन रेशमलाल चौधरीले आफ्नै बपौती र निजी मामिला ठान्न नहुने बताउनुभयो ।
कार्यक्रममा थारु पहिचानसहितको सङ्घीयता हुनुपर्ने, पूर्ण समावेशी व्यवस्था हुनुपर्ने, टीकापुर घटनालाई राजनीतक घटनाका रुपमा लिइ थारु युवामाथि लगाइका मुद्दा खारेज हुनुपर्ने र टीकापुर घटनाको अध्ययन गर्न पूर्व न्यायधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन बर्तमान सरकारले सार्वजनिक हुनुपर्ने माग गरेका छन् ।
प्रमुख अतिथिका रुपमा बोल्दै कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य कोमल ज्ञवालीले इतिहासबाट पाठ सिकेर भविष्यको तयारी गर्नुपर्ने बताउनु भयो । ‘थारु समुदायले न्याय र अधिकार पाउनुपर्छ लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने माग लिएर म पनि सडक सङ्घर्षमा लागेकी थिएँ’ सदस्य ज्ञवालीले भन्नुभयो, ‘सरकारले अध्ययन गरिरहेको छ प्रतिवेदन सार्वजनिक हुन्छ इतिहासले दिएको पीडालाई प्रतिशोध र राजनीतिक सौदावाजीका रुपमा नभई लोकतान्त्रिक अभ्यासका रुपमा माग पूरा हुनुपर्छ ।’
नागरिक उन्मुक्ति पार्टी नेपालको आयोजनामा छुट्टै कार्यक्रम गर्नु भएका रेशमलाल चौधरीले पनि २०७२ सालमा भएको टीकापुर घटनाले टीकापुरको विकासलाई २०५२ सालतिर धकेलेको बताउनुभएको छ । टीकापुर घटनामा मारिएका बालक टेकबहादुर साउदको शालिकमा माल्यार्पण गर्दै चौधरीले टीकापुर घटनामा बाह्य तत्वले खेलेर आफूलाई फसाएको तर आफू टीकापुरकै विकासमा लाग्ने प्रतिक्रिया दिनुभयो । पार्टीको व्यानरमा कार्यक्रम गरेको भन्दै थारुकल्याणकारिणी सभाका नेताहरु र जनप्रतिनिधिहरुले भने रेशमलाल चौधरीको विरोध गरेका छन् ।
के हो टीकापुर घटना ?
२०७२ सालमा संविधान जारी हुने दिन नजिकिदै जाँदा थारु बहुल क्षेत्रको छुट्टै प्रदेश हुनुपर्ने माग राखी थारु आन्दोलन शुरु भएको थियो । यसै क्रममा भदौ ७ गते टीकापुरमा हुने भनिएको प्रदर्शन रोक्न प्रशासनले रोक लगाएको थियो ।
प्रशासनले रोक लगाएपछि आक्रोशित आन्दोलनकारीले त्यहाँ पुग्नुभएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरु बलराम विष्ट, केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका, जनक नेगी, प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, जवान रामविहारी चौधरी र नावालक टेकबहादुर साउदको ज्यान गएको थियो । घटनापछि आन्दोलनका अगुवा रेशमलाल चौधरी फरार हुनुभएको थियो । हिंसात्मक घटना भएको अर्को दिन टीकापुरमा एक जत्थाले थारु व्यवसायीका पसल र घरमा आगजनी गरेको थियो ।
२०७४ मंङसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा फरार अवस्थामै राजपाबाट उम्मेदवार बन्नुभएका रेशमलाल चौधरी निर्वाचित हुनु भएको थियो । २०७५ सालमा अदालत समक्ष आत्मसपर्णण गर्नु भएका चौधरी टीकापुर घटनाको मुख्य दोषि प्रमाणित भइ सजाय पाउनु भएको थियो । जेलभित्रै रहेको बेला २०७८ सालमा नागरिक उन्मुक्ति पार्टी खोलेको चौधरीको दलले २०७९ को स्थानीय तहमा चारवटा पालिका प्रमुख, प्रदेश सभामा सात जना र प्रतिनिधि सभाको निर्वाचनमा कैलाली १ बाट चौधरी पत्नी रञ्जिता श्रेष्ठ, बर्दिया १ बा बुबा लालबीर चौधरी, कैलाली २ बाट अरुणकुमार चौधरी, कैलाली ३ बाट गंगाराम चौधरी निर्वाचित हुनुभएको थियो । राष्ट्रपतिबाट आम माफी पाएर जेलमुक्त हुनुभएका रेशमलालले श्रीमतीसँग विवाद परेपछि नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गर्नुभएको छ भने पुरानो पार्टी नेकपामा बिलय भैसकेको छ ।
एक चाैथाइको मागबाट सभा बोलाउने प्रयास गरिदै
# राजनीति
१० असार, २०८३
समयमै बजेट ल्याउने टीकापुर नगरपालिकाको यस वर्ष नगर सभा बस्न नसकेर बजेट नीति कार्यक्रम नै आउन सकेको छैन । असार १० गते स्थानीय सभामा बजेट पेश
रास्वपा सुदूरपश्चिमको सभापतिमा विष्ट निर्वाचित
# राजनीति
२ असार, २०८३
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इञ्जिनियर प्रकाश विष्ट निर्वाचित हुनु भएको छन् । यसअघि तदर्थ समितिको सभापति
रास्वपालाई प्रत्येक्ष भन्दा समानुपातिकमा झन बढी मत
# राजनीति
२५ फाल्गुण, २०८२
कैलाली क्षेत्र नम्बर १ मा रास्वपालाई प्रत्येक्ष भन्दा समानुपातितर्फ चार हजार ३७८ मत बढी प्राप्त भएको छ । समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार





प्रतिकृया दिनुहोस