एक चाैथाइको मागबाट सभा बोलाउने प्रयास गरिदै
समयमै बजेट ल्याउने टीकापुर नगरपालिकाको यस वर्ष नगर सभा बस्न नसकेर बजेट नीति कार्यक्रम नै आउन सकेको छैन ।
असार १० गते स्थानीय सभामा बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था भएपनि नगरपालिकाको कार्यवहाक नगर प्रमुख को हुने भन्ने विवादका कारण नगर सभा प्रभावित भइ बजेट अनिर्णित भएको हो ।
निर्वाचित नगर प्रमुख र उपप्रमुख नभएको नगरपालिकामा २०८२ फागुन कार्यवहाक नगरप्रमख बन्नु भएका कार्यपालिका सदस्य रामबहादुर नगार्जीलाई २०८३ जेठ १४ गते कार्यपालिकाका बहुमत सदस्यले हटाई ६ नं वडाका वडाध्यक्ष बलिराम चौधरीलाई नयाँ कार्यवाहक चयन गरे पछि विवाद शुरु भएको छ ।
नगार्जीले आफूलाई हटाउन नमिल्ने भन्दै सर्वोच्च अदालत गुहारेपछि अदालतले जेठ १४ गतेको कार्यपालिकाको निर्णय कार्यान्वयन नगर्नु भनी अल्पकालिन आदेश जारी गर्दै असार ८ गते दुवै पक्षलाई बोलाएको थियो । असार ८ मा हेर्न नभ्याइने भन्दै सुनुवाइ नभएपछि अदालतले असार २२ का लागि पेशी तोकेको छ ।
नगर सभाको नीति तथा कार्यक्रम तयार भैसकेको, वडा भेलामार्फत योजना छानेर नगरपालिकामा बुझाइ सकेको र शाखाहरुले पनि योजना बुझाइ सकेकाले असारभित्रै सभा हुने गरी तयारी भैरहेको आर्थिक विकास समितिका संयोजक तथा ७ नम्बर वडाका अध्यक्ष यज्ञप्रसाद न्यौपानले बताउनु भयो ।
समयमा सभा हुन नसकेपछि सुदू्रपश्चिम प्रदेशको गाउँ सभा नरगसभा कार्यसञ्चालन ऐन २०७५ को दफा ३ (६) अनुसार सभाका एक चौथाइ सदस्यहरुले सभा बोलाउनुपर्ने माग गर्दै सभाका ज्येष्ठ सदस्यलाई निवेदन हाल्ने तयारी भैरहेको छ ।
केही कार्यपालिका सदस्यहरु बुधबार विहान नगरपालिकामा बसेर नगर सभालाई अगाडि बढाउने विषयमा छलफल गरेका छन् । उक्त छलफलमा नगार्जी, दिपक निसानी, मञ्जु विक र सरस्वती तिरुवा सहभागी भएनन् । कार्यवाहक नगरप्रमुख नगार्जीले आफू मुद्दाको सिलसिलामा काठमाडौं गएर भर्खरै फर्केको र अव कार्यपालिका सदस्यहरुसँग सल्लाह गरेर अघि बढने बताउनुभयो. ।
इतिहासबाट पाठ सिक्दै टीकापुरको समृद्धिः जनप्रतिनिधिहरु
# राजनीति
८ भदौ, २०८३
२०७२ साल भदौ ७ गते टीकापुरमा भएको र्हिसात्मक घटना, भदौ ८ गते भएको आगजनी र त्यस यताका मुद्दाका श्रृखलाबाट पाठ सिक्दै अब टीकापुरको समृद्धिका काम
रास्वपा सुदूरपश्चिमको सभापतिमा विष्ट निर्वाचित
# राजनीति
२ असार, २०८३
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इञ्जिनियर प्रकाश विष्ट निर्वाचित हुनु भएको छन् । यसअघि तदर्थ समितिको सभापति
रास्वपालाई प्रत्येक्ष भन्दा समानुपातिकमा झन बढी मत
# राजनीति
२५ फाल्गुण, २०८२
कैलाली क्षेत्र नम्बर १ मा रास्वपालाई प्रत्येक्ष भन्दा समानुपातितर्फ चार हजार ३७८ मत बढी प्राप्त भएको छ । समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार





प्रतिकृया दिनुहोस