• ११ कार्तिक २०८३ मंगलबार/ Tuesday 10-27-2026
  • स्टुडियो टाईम : ०३:५६

मोटरसाइकल र मोवाइल चोर्ने पाँच जना पक्राउ

प्रहरीले जानकी गाउँपालिका–३ भगतपुरबाट चोरी भएको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ नयाँ टीकापुरका २० वर्षीय आकाश बिष्ट तथा सोही वडाको एकतानगरका २४ वर्षीय भीम बराल र २४ वर्षीय नरेश रावल रहेका छन्।

टीकापुर नगरपालिका–१ एकतानगरका धनबहादुर सोपको घरआँगनमा पार्किङ गरी राखिएको यूके ०६ बीजी २९६८ नम्बरको मोटरसाइकल चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन परेको थियो।
कैलालीको टीकापुरमा मोबाइल चोरीको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका पाँच थान मोबाइल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ एकतानगरका २४ वर्षीय अमित तिमिल्सिना र १९ वर्षीय धिरेन्द्र शाही रहेका छन्।
विभिन्न मितिमा मोबाइल चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन परेपछि प्रहरीले खोजतलास थालेको थियो। सोही क्रममा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस

विपतपछि दिइने राहतको अन्तराष्ट्रिय मापदण्ड के ?

# समाज

१९ असोज, २०८३

विपतमा परेका नागरिकलाई उद्धारपछि राहात र आवास उपलब्ध गराउदा  अन्तराष्ट्रिय मापदण्ड अनुसार उपलब्ध गराउनु पर्छ । वर्षेनी विपत आउने नेपाल जस्ता

भेरी साहित्य समाज कैलाली शाखा अध्यक्षमा भण्डारी चयन

# समाज

५ असोज, २०८३

टीकापुर/ भेरी साहित्य समाज कैलाली जिल्ला शाखाको दोस्रो अधिवेशनले दुर्गाप्रसाद भण्डारीलाई अध्यक्ष चयन गरेको छ । आइतबार टीकापुरमा सम्पन्न

टीकापुर बालगृहका बालबालिकाको शैक्षिक प्रगति राम्रो

# समाज

४ असोज, २०८३

सीमाविहीन स्वयं सेवक संस्था र टीकापुर बालगृहको सामाजिक परीक्षण गरिएको छ । २५ जना बालबालिकाहरू आवासीय रूपमा पढिरहेका टीकापुर बालगृहका आधारभूत

↑